प्रतिनिधिसभा पुनर्स्थापनासंगै सुरक्षा निकाय हाई अलर्टमा



काठमाडौं ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने आदेश दिएसँगै सुरक्षा निकाय हाई अलर्टमा बसेका छन् ।
नेकपा ओली समूहका नेता कार्यकर्ता र प्रचण्ड–माधव समूहबीच झडप हुनसक्ने विश्लेषणका आधारमा सुरक्षा तैनाथी बढाइएको हो ।
सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालले उपत्यकाका संवेदनशील क्षेत्रहरुमा सुरक्षा तैनाथी बढाइएको बताए ।
उता, नेपाल प्रहरीको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हरिबहादुर पालका अनुसार उपत्यकाका निषेधित क्षेत्रहरुसहित ठाउँ ठाउँमा प्रहरी तैनाथी बढाइएको छ ।
यस्तै, सेना यसअघि देखि नै हाइअलर्टमा रहँदै आएको छ ।