काठमाडौंमा १९ वर्षीया युवतीलाई प्रेमीले मट्टितेल खन्याएर आगो लगाए, अवस्था गम्भीर


काठमाडौं ।
काठमाडौंमा एक १९ वर्षीया युवतीलाई उनकै प्रेमीले मट्टितेल खन्याएर आगो लगाएका छन् ।
कागेश्वरी मनोहरा नगरपालिका–८ मा सोलुखुम्बु घर भएकी १९ वर्षीय पूजा कार्कीलाई दोलखाका सुरज श्रेष्ठले आगो लगाएको प्रहरीले जानकारी दिएको छ । प्रेमिकालाई आगो लगाएपछि युवकले आफूलाई पनि आगो लगाएको तर उनको भने अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । पूजा बुद्धचोकमा र सुरज जोरपाटीमा बस्दै आएका छन् ।
प्रेमीले आगो लगाएकी युवती गम्भीर घाइते भएकी छन् । युवतीको कीर्तिपुरस्थित अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिएका छन् ।
सुरज श्रेष्ठको भने साँखुमा उपचार भइरहेको छ । युवकले लागूऔषध सेवन गरेर शुरुमा युवतीलाई कुटपिट गरेको र पछि मट्टितेल खल्याएर आगो लगाएको पाइएको छ । युवतीको निधारमा चोट लागेको छ । दुवै जना अस्पतालमा रहेकाले घटनाको विस्तृत खुल्न बाँकी रहेको प्रहरीले बताएको छ । दृष्टि