गोठमा आगलागी हुँदा दुई बालबालिकाको ज्यान गयो



प्युठान ।
प्युठानमा आगाेलागीमा परी दुई बालबालिकाको ज्यान गएको छ । प्युठान जिल्लाको गाैमुखी गाउँपालिका–३ रजवाराका रमेश रानाको गोठमा आगलागी हुँदा उनको ७ वर्षीय छोरा हिमाल राना र ३ वर्षीय छोरी चन्द्रकला रानाको आगाेमा परि ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
बुधबार विहान करिव ९ बजे घरमा अभिभावक नभएको बेला आगलागी भएको प्रहरीले बताएको छ । अहिले घटना स्थलमा प्रहरी पुगेर आगाे के कति कारणले लागेकाे हाे थप अनुसन्धान गरिरहेको जानकारी आएकाे छ।