हाल काेराेनाका कारणले गगनकाे शव नेपाल ल्याउन १२ लाख जति नेपाली रुपैया खर्च भएको सुर्खेत समाज दक्षिण काेरियाका अध्यक्ष बखत थापाले जानकारी दिए । उक्त अभियानमा विभिन्न क्षेत्रका ६ सय जना ब्यक्तिले आर्थिक सहयोग गरेको बताइएको छ । अभियान बाट नेपाली २० लाख जति रकम जम्मा भएको थियोे । परिवार सँग सहकार्य गरेर उक्त रकम परिचालन गरिने सुर्खेत समाज दक्षिण काेरियाका निवर्तमान अध्यक्ष खत्रीले बताए । गगनकाे शव शनिबार सुर्खेत पुर्याइदै छ ।गगन इपिएस पास गरि काेरिया पुगेका थिए ।उनी पहिलो कार्यकाल सकेर आजैका दिन नेपाल फर्कने तयारीमा थिए ।
नेपाल फर्कने टिकट काटेका गगनको हृदयघातले मृत्यु, शव आजै सुर्खेत पुर्याइदै
काेठामै सुतेकाे समयमा आज भन्दा १० दिन अगाडि हृदयाघातका कारण दक्षिण काेरियामा मृत्यु भएका सुर्खेतका गगन रावलकाे शव आज नेपाल ल्याइएको छ । मृतक रावल अप्रिल ९ तारिख अर्थात आजकै दिन नेपाल आउने तयारीमा थिए,उनलेे आजै नेपाल आउन जहाजको टिकट पनि लिएका थिए । तर दुर्भाग्य आज उनको पार्थिव शरीर बाकसमा नेपाल आएको छ । उनको शव लिन त्रिभुवन विमानस्थल पुगेका उनका आफन्त तथा शुभचिन्तकहरु निकै स्तब्ध थिए ।
याे खबरले सुन्ने र थाहा पाउने जतिलाई अत्यन्तै भावुक बनाएको छ । दक्षिण काेरियाकाे यजु भन्ने ठाउँमा कार्यरत गगनकाे शव नेपाल ल्याउन आर्थिक सहयोग संकलन अभियान सुरु गरिएपछि सम्भव भएको सुर्खेत समाज दक्षिण काेरियाका निवर्तमान अध्यक्ष लाेकेश खत्रीले जानकारी दिए । सामान्यतया दक्षिण काेरियामा मृत्यु भएकाहरुकाे शव नेपाल ल्याउन महँगो खर्च लाग्ने गर्छ । सुर्खेत समाज दक्षिण काेरियाकाे अगुवाइमा आर्थिक संकलन सुरु गरिएको थियोे भने उक्त अभियानमा कर्णाली प्रदेश दक्षिण काेरियाले पनि सहकार्य गरेको थियाे ।