आगलागीमा परि बालिकाको मृत्यु, आमा घाइते



दाङ ।
आगलागीमा परि १ वर्षीया बालिकाको मृत्यु भएको छ, भने आमा घाइते भएकी छन् ।
दाङको राप्ती गाउँपालिका–५ कालापानीमा सोमबार आगो ताप्ने क्रममा शरीरमा लगाएको कपडामा आगो सल्किँदा आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीमा जलेर गम्भीर घाइते भएकी बालिकाको लमही अस्पताल दाङमा उपचारका क्रममा मृत्यु भएको हो ।
घाइते ४४ वर्षकी आमा पुनम सुनारको लमही अस्पतालमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ ।