राष्ट्रपतिद्वारा नागरिकता अध्यादेश २०७८ जारी


काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधान धारा ११४ (१) बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।