सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले वढ्यो, वृद्धभत्ता ४ हजार पुग्यो



काठमाडौं ।
सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढेको छ । आर्थिक वर्ष आगामी आर्थिक २०७८/०७९ को आय व्ययको विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले वृद्धि गरेको र वृद्धभत्ता ४ हजार पुर्याएको बताए । यसअघि वृद्धभत्ता तीन हजार थियाे ।
सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब बजेट विनियोजन गरिएकाे उनले बताए ।