भारतलाई ८ विकेटले पराजित गर्दै न्युजिल्यान्डले चुम्यो विश्व टेस्ट च्याम्पियनसिपको उपाधि
न्युजिल्यान्डले बुधबार भारतलाई ८ विकेटले पराजित गर्दै विश्व टेस्ट च्याम्पियनसिप जितेको छ ।
छैटौं रिजर्भ दिन पुगेको खेलमा भारतको फिल्डिङ निकै फितलो रह्यो र उसले लगातार क्याच छाडेको थियो । न्युजिल्यान्डले त्यसको फाइदा उठाएर १ सय ३९ रनको लक्ष्य दुई विकेट गुमाएर पूरा गरेको थियो ।न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सन ५२ रनमा नटआउट रहे । यस्तै रस टेलरले ४७ रन बनाए । उनीहरूले दोस्रो विकेटका लागि ९६ रनको नटआउट साझेदारी गरे । उनीहरूले दुई विकेट गुमाएर ४४ रनको स्थितिबाट न्युजिल्यान्डलाई शानदार जितसम्म पुर्याएका थिए ।