इजरायलद्वारा १ हजार जना श्रमिकको माग


  • इजरायलद्वारा १ हजार जना श्रमिकको माग
  • काठमाडौं । नेपालसँग सम्झौता भएको लामो समयसम्म पनि कामदार लैजान आनाकानी गरिरहेको इजरायलले नेपाली श्रमिक लैजान इच्छा देखाउँदै १ हजार जना श्रमिकको माग गरेको विज्ञापन सार्वजनिक गरिएको छ ।वैदेशिक रोजगार विभागका अनुसार इजरायलले सुसारे (केयरगिभर) कामका लागि हजार नेपाली श्रमिक लैजान खोजेको हो । सरकारले गतवर्ष इजरायल र नेपालबीच श्रम सम्झौता गर्दै पहिलो चरणमा ५ सय जना कामदार पठाउने समझदारी गरेको थियो । १ हजार कामदार माग भएसँगै कसरी पठाउने भनेर सरकारी अधिकारीहरूले तयारी थालेका छन् । विभागका अनुसार इजरायलमा केयरगिभरका लागि जाने कामदारका लागि २१ दिनको म्याद राखेर आवेदन खुलाइएकाे छ ।विज्ञापनको विस्तृत सुचना याे लिङकमा छ। याे तलको विज्ञापन बाट पनि थाहा पाउन सकिन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *