डिएसपी श्रेष्ठ अमेरिकामा प्रदान गरिने क्लेभ व्याकस्टर अवार्डमा छनौट


  • डिएसपी श्रेष्ठ अमेरिकामा प्रदान गरिने क्लेभ व्याकस्टर अवार्डमा छनौट
  • काठमाडौं । अमेरिकन पोलिग्राफ एशोसिएसनले प्रत्येक वर्ष प्रदान गर्ने Cleve Backster Award को लागि यस वर्ष नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) गणेश बहादुर श्रेष्ठलाई छनौट गरेको छ । पोलिग्राफ क्षेत्रमा विशेष योगदान पुर्याए वापत रुकुम पूर्व जिल्लामा कार्यरत डिएसपी श्रेष्ठलाई उक्त अवार्ड प्रदान गर्न लागिएको हो । यो अवार्ड नेपालमा पोलिग्राफको स्थापना, विकाश, विस्तार तथा अपराध अनुसन्धानमा पुर्याएको योगदानको उच्च कदर स्वरूप प्रदान गर्न लागिएको हो । प्रत्येक वर्ष आयोजना हुने यो अवार्ड आगामी सेप्टेम्बर २ मा अमेरिकाको अस्टिनमा अमेरिका पोलिग्राफ एशोसिएसनको सेमिनारमा प्रदान गरिने छ ।      

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *