सभापति उमेदवारबाट पछि हट्दैन : महामन्त्री कोइराला


  • सभापति उमेदवारबाट पछि हट्दैन : महामन्त्री कोइराला
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले सभापति पदबाट उमेदवारबाट आफू पछि नहट्ने बताएका छन् । शनिबार पत्रकारहरुसँग कुराकानी गर्दै पार्टीको १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने बताएका हुन् ।
    नेता कोइरालाले भने, ‘म सभापतिमै उठ्ने नै प्रयत्न गर्दैछु ।’ महामन्त्री कोइरालाले जिल्लाहरुमा कांग्रेसको अधिवेशन चलिरहेको समयमा कार्यतालिका संशोधन गर्नु बाध्यता रहेको उल्लेख गर्दै क्रियाशील सदस्यता विवाद अझै २१–२२ जिल्लामा कायमै रहेको भन्दै विवाद मिलाउनका लागि कार्यतालिका संशोधन गरिएको बताए । उनले कम्युनिष्ट उच्छृङ्खल चरित्रका हुने आरोप लगाउँदै भने, ‘त्यो हिजो संसद्मा भएको घटनाले पुष्टि छ । विपक्षीको धर्म विरोध गर्ने भएपनि हिजोको घटनाले संसद्को गरिमामाथि आँच आउने काम भएको छ ।’ दृष्टिन्युज

    Leave a reply

    • Facebook Comments