डिएसपी कुँवर संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्र्तगत प्रोफेसनल लेभल–३ मा छनोट



काठमाडौं ।
नेपाल प्रहरीका डिएसपी किरनजंग कुँवर संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्र्तगत प्रोफेसनल लेभल–३ मा छनोट भएका छन् । खुला प्रतिस्पर्धाबाट उनी सो महत्वपूर्ण जिम्मेवारीमा छनोट भएका हुन् ।
नेपाल प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानले उनलाई सम्मान गरी आइतबार बिदाई गरेको छ । प्रतिष्ठानका एआइजी निरज शाहीले उनलाई सम्मान गरेका छन् ।
प्रोफेसनल लेभल–३ मा नेपालबाट थोरै मात्र प्रहरी अधिकृत सफल भएका छन् ।