सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता



काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता भएको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल (प्रचण्ड) र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको हो । बैठक अपराह्न ६ बजेदेखि सात बजेसम्म भएको बताइएको छ ।
बैठकमा मन्त्रिपरिषद् विस्तार, संसदमा जारी प्रतिपक्षी दलको अवरोध र प्रतिस्थापन विधेयकको प्रक्रिया अगाडि नबढ्दा सरकारी खर्च कसरी चलाउने भन्ने विषयमा छलफल भएको बताइएको छ ।