नारायणी पुलबाट हाम फालेर एकजना बेपत्ता



चितवन ।
चितवनको नारायणी नदीको पुलबाट हाम फालेर एकजना बेपत्ता भएका छन् ।नवलपुरको गैंडाकोटतर्फबाट पुलमा आएका अन्दाजी ५५ बर्षीय पुरुषले पुलको बीच भागबाट हामफालेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।
वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रघुसिंह विष्टका अनुसार हामफालेका पुरुषको खोजी भैरहे पनि अहिलेसम्म फेला परेका छैनन् ।
पानीको बहाव हिजोबाट बढेको र धमिलो पनि भएकोले हालसम्म उद्धारकार्य जारी भएपनि फेला नपरेको विष्टले बताए । हाम फाल्ने पुरुषको परिचय खुल्ने कुनै प्रमाण फेला नपरेको प्रहरी निरीक्षक बिष्टले बताए ।