नेकपा माओवादी केन्द्रमा थपिए केन्द्रिए सदस्य


  • नेकपा माओवादी केन्द्रमा थपिए केन्द्रिए सदस्य
  • काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९७ जना सदस्य थप गर्ने निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा सोमबारको केन्द्रीय समिति बैठकले ९७ जना सदस्य थप गर्ने निर्णय गरेको हो ।
    काठमाडौंमा जारी बैठकमा अध्यक्ष प्रचण्डले थपिएकामध्ये झण्डै आधाजसो नाम वाचन गरेका थिए । केन्द्रीय सदस्यमा छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्य पनि मनोनित भएका छन् । रेनु दाहाल यसअघि नै केन्द्रीय सदस्य छिन् । यस्तै, अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्ल, अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङसमेत केन्द्रीय समितिमा समेटिएका छन् । यसका अलावा इन्दु शर्मा, शेख चाँद तारा, अनिल श्रेष्ठ, अशोक भेटवाल, विपिन साहलगायत पनि केन्द्रीय सदस्य बनेका छन् । २ सय ४६ केन्द्रीय सदस्य रहेकोमा ९७ थपेर ३ सय ४३ पुर्‍याइएको

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *