मनाङका चार वडामा कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित


  • मनाङका चार वडामा कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित
  • मनाङ । हिमाली जिल्ला मनाङका केही वडामा अध्यक्ष र सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन्। ४ गाउँपालिका रहेको यहाँ नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका साथै स्वतन्त्र उमेद्वारहरु निर्वाचित भएका हुन्। मनाङको चामे गाउँपालिकाको वडा नं. १ र २ का वडा अध्यक्ष निर्विरोध निर्वाचित भएका छन्। वडा नं. १ मा नेकपा एमालेका खड्कजंग गुरुङ निर्विरोध भएका हुन्। सो वडामा एमालेबाटै महिला सदस्यमा राजकासी गुरुङ र दलित महिला सदस्यमा अनिता विक निर्विरोध भएका छन्। यस्तै वडा नं. २ को अध्यक्षमा नेपाली कांग्रेसका मंगलदेव गुरुङ निर्विरोध भएका छन्। सोही वडामा महिला सदस्यमा गममाया गुरुङ र दलित महिला सदस्यमा नविना परियार कांग्रेसबाट निर्विरोध बनेका छन्। यस्तै नासो गाउँपालिकामा नेपाली कांग्रेसबाट वडा नं. ५ को वडाअध्यक्षमा थुतेन लामा, वडा नं. ६ को वडाअध्यक्षमा पुष्पबहादुर गुरुङ र वडा नं. ७ को वडाअध्यक्षमा ओमबहादुर गुरुङ निर्विरोध निर्बाचित भएका छन्। निस्याङ गाउँपालिकाको वडा नं. ३ को वडाअध्यक्षमा स्वतन्त्रबाट कृष्ण लामा र वडा नं. ९ मा नेकपा माओवादी केन्द्रबाट च्योल्पा गुरुङ वडाअध्यक्षमा निर्विरोध भएका छन्। सोही वडामा अनिल गुरुङ, धनबहादुर गुरुङ, महिला सदस्यमा रिया गुरुङ र दलित महिला सदस्यमा सुष्मिता सेन्चुरी स्वतन्त्रबाट निर्विरोध भएका छन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *