कोलम्बियामा विस्फोट, ८ प्रहरी अधिकारीको मृत्यु



कोलम्बिया ।
दक्षिणपश्चिमी कोलम्बियामा विस्फोटक पदार्थ प्रयोग गरेर भएको आक्रमणमा आठ प्रहरी अधिकारीको मृत्यु भएको छ ।
आक्रमणको राष्ट्रपति गुस्ताभो पेट्रोले निन्दा गरेका छन् । ‘आठ प्रहरीको ज्यान जाने गरी भएको हमलाको निन्दा गर्छु’, राष्ट्रपति पेट्रोले भनेका छन् । हुइला विभागको एक ग्रामीण क्षेत्रमा उक्त हमला भएको थियो ।
आक्रमणको जिम्मा कुनै पनि समूहले लिएको छैन् । आक्रमणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
पछिल्ला राजधानीमा सशस्त्र समूहले आफ्ना गतिविधि बढाउन थालेका छन् ।