
थप १८ जना संगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १२३ पुगे



कर्ण शाही
सुर्खेत १८ जेठ ।
कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण देखीएसंगै कोरोना संक्रमितको संख्या १२३ पुगेको छ । कर्णाली प्रदेशले आइतबार बिहान सार्वजनिक गरेको विवरणअनुसार १८ जना कोरोना संक्रमित थपिएका छन । प्रदेशका सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा अधिकृत एवम् जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा थप नयाँ १८ जना संक्रमित देखिएको बताए ।
उनले भने, “नयाँ कोरोना संक्रमित मध्ये एक जना कालिकोट र १७ जना दैलेखका हुनुहुन्छ ।”
उनका अनुसार कालिकोट शुभकालिका गाउँपालिका ५ का १९ वर्षका पुरुष, दैलेख नारायण नगरपालिका ३, का १६, १९, २९, ४८ र सोही नगपाललिका ५ का १८, २४, २५, २८ र ३५ का पुरुष रहेका छन् ।
त्यसैगरी, देवलकाँडा ४ का १८, २०, २०, २२, २२, सिमडा ८ का २६, रातापानी ४ का ३८ राडु ९ का २२ का पुरुष रहेका छन् । यस प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १२३ जना पुगेका छन् ।
