पत्रकार सुरेश हत्याको विरोधमा माइतीघरमा प्रदर्शन
काठमाडौं : शुक्रबार राजावादीको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा नेपाल पत्रकार महासंघले आज शनिबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। बदलिएको परिस्थितिका कारण महासंघले स्थापना दिवसका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी प्रदर्शनमा उत्रिएको हो । शुक्रबार आगलागीमा पर्नुअघि सुरेश ज्यानको प्रवाह नगरी काठमाडौंको तीनकुनेमा राजावादी र प्रहरीबीच भएको झडपको भिडियो खिचेर आम जनतालाई सुचना सम्प्रेषण गरिरहेका थिए । सुरेश पसेको भवनमा आगो दन्कियो । त्यसपछि अश्रुग्यास प्रहार भयो