सौर्य पत्र

भत्किएको नौं वर्षपछि सर्वसाधाराणका लागि खुल्यो धरहरा

काठमाडौं । संविधान दिवसको अवसर पारेर सरकारले धरहरा आज खुला गरेको छ । नौं वर्षपछि सर्वसाधारणका लागि धरहरा खुलेको छ । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ढलेको भिमसेन स्तम्भको छेउमै धरहरा बनेसँगै संविधान दिवसको दिन बिहीबार सर्वसाधारणका लागि खुला गरिएको हो ।  शहरी विकास मन्त्रालयले आज बिहानैदेखि धरहरा चढ्ने व्यवस्था मिलाएसँगै सर्वसाधारणको भिड लागेको छ ।मन्त्रालयको शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले यसको व्यवस्थापनको जिम्मा

चौथो नेपालगञ्ज फोटो फेस्टिवलकालागि फोटो आह्वान, पुरस्कार राशी दोब्बर 

नेपालगंज : चौथो नेपालगञ्ज फोटो फेस्टिवल अन्तर्गत फोटो प्रतिष्पर्धाकालागि फोटो आवेदन खुला गरिएको छ । फोटो पठाउने अन्तिम मिति यही असोज १७ गते सम्म रहेको छ ।  अन्तरालको आयोजना तथा व्यवस्थापनमा हरेक वर्ष आयोजना गरिने यो फोटो फेस्टिवलको प्रतिस्पर्धामा देशैभरबाट फोटो पठाउन सकिन्छ ।९ वटा विधामा फोटो प्रतिष्पर्धा हुनेछ भने हरेक विधाबाट एउटा उत्कृष्ट फोटो पुरस्कृत हुनेछ र प्रतियोगी सबै फोटो मध्ये सर्वोत्कृष्ट फोटोलाई बर्ष फोटो उपाधीबाट पुरस्कृत गरिनेछ । 

रास्वपा सकिएको होइन, रास्वपाले सकाउँछ, लडाई बल्ल सुरु हुदैछ :रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कतिपयले रास्वपा सकिएको भनेर टिप्पणी गर्ने गरेपनि रास्वपा नसकिएको बरु रास्वपाले अरूलाई सक्काउने बताएका छन् । काठमाडौँको कमलादीमा मंगलबार सुरु भएको पार्टीको दुई दिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टी स्थापनाको छोटो समयमा हुनुपर्ने र नपर्ने घटनाका चाङमाथि रास्वपा उभिएको भन्दै कुनै न कुनै समस्याले नछोडेको बताए ।  ‘हाम्रो आगमन नै अरूका लागि समस्या भयो त हामी के गरौँ ?’,

कतारमा गायक रमेश राज भट्टराईसहित चार कलाकार सम्मानित

दर्शन सुनार/कतार : कतारमा आफ्नो सांगीतिक प्रस्तुति दिन पुगेका चार कलाकार सम्मानित भएका छन । सम्मानित हुने कलाकारहरुमा पछिल्लो समयका ब्यस्त तथा चर्चित गायक रमेश राज भट्टराई,सर्जक तथा लोक दोहोरी गायिका प्रतिभा शर्मा चापागाईं ,डाईरेक्टर/कोरियोग्राफर प्रदिप कुमार रसाइली र मोडल तथा नृत्याङ्गना रिया बिश्वकर्मा रहेका छन । चारै जना कलाकारहरुलाई राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान शाखा कतारले शनिवार एक कार्यक्रमको आयोजना गर्दै कलाकारलाई दोसल्ला ओढाएर सम्मान पत्र ग्रहण गर्दै

पर्वत समाज कतार बहुउद्देश्यीय अक्षयकोषको प्रथम अधिवेशनबाट अध्यक्षमा नन्दलाल

दर्शन सुनार/कतार : पर्वत समाज कतारको संरक्षकत्वमा स्थापित पर्वत समाज कतार बहुउद्देश्यीय अक्षयकोषले प्रथम अधिवेशन २०२४ भब्य रुपमा सम्पन्न गरेको छ । पर्वत समाज बहुउद्देश्यीय अक्षयकोष कतारका अध्यक्ष नन्दलाल बिक(अजय) को सभापतित्व तथा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशन बाट आगामी कार्यकालका लागि अक्षयकोषका तदर्थ समिति संयोजक नन्दलाल बिक (अजय) अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन । त्यस्तै उपाध्यक्षमा छबिलाल भट्टराई,श्यामलाल न्यौपाने,चिन्तामणी

नेपाल मगर संघ कतारले गर्‍यो कलाकार रेखा मगरलाई सम्मान तथा बिदाई

दर्शन सुनार/कतार : नेपाल मगर संघ शाखा कतारले कलाकार रेखा मगरलाई संस्थागत सम्मान तथा बिदाई गरेको छ । मध्यपुर्वको देश कतारलाई २०११ देखि कर्म थलो बनाउदै आएतापनि नेपाल मगर संघ शाखा कतारमा २०१७ देखि आवद्ध रहेकी कलाकार रेखा मगर कर्मभुमी कतारलाई बिट मार्दै मातृभुमी फर्कन लागेको अवसरमा नेपाल मगर संघ शाखा कतार र नेपाल मगर साँस्कृतिक परिवारले एक कार्यक्रमका बिच कलाकार मगरलाई आफ्नो कलाकारिता मार्फत संस्थामा पुर्‍याएको योगदानलाई कदर गर्दै

उपचार गरेर घर नपुग्दै बाटोमै अस्ताय आमाछोरी,रहेनन वडाध्यक्ष पनि

बुर्तिवाङ । बागलुङमा शुक्रबार बिहान भएको जिप दुर्घटनामा परी मृत्यु हुने ३ जनाकै पहिचान खुलेको छ । शुक्रबार बिहान ९ बजे गलकोट नगरपालिका–२ भुङ्खानीमा भएको जीप दुर्घटनामा सवार ४ जनामध्ये तीन जनाको निधन र एक जना घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रताप पौडेलले मृत्यु भएका सबैको शव संकलन गरिएको जानकारी दिए । उनका अनुसार रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष ३३ बर्षिय भुपेन्द्रा बुढासहित उनकी आमा ६१

जवान र हवल्दालाई १६ वर्षमै पेन्सन

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरूको पेन्सन अवधि १६ वर्षमा झारिएको छ । दुवै प्रहरी संगठनको ऐनमार्फत जवनाहरूको पेन्सन अवधि १६ वर्ष कायम गरिएको हो । यसले गर्दा तल्लो तहको प्रहरी कर्मचारीलाई राहत पुग्ने बताइएको छ । १६ वर्षमा जागिर छाड्दा प्रहरी संगठनभित्र नयाँ कर्मचारीहरू भर्ती हुन पाउने र अवकाशमा गएकाले अर्को जागिर खान सक्ने संभावना हुँदा आर्थिक रुपमा समेत राहत हुने बताइएको छ । गृह मन्त्रालयले नेपाल

रुसी सेनामा कार्यरत थप ३ नेपालीको मृत्यु

रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार उदयपुरका मोहन तामाङ, बागलुङका ध्रुव घर्ती र रञ्जित गुरुङको मृत्यु भएको हो । गुरुङको भने ठेगाना खुलिसकेको छैन । यससँगै रुसी सेनामा ज्यान गुमाउनेको नेपालीको संख्या ४३ पुगेको छ । त्यस्तै, रुसले ३५ जनाको डीएनए परीक्षणको नमुना पठाइदिन नेपाल सरकारलाई पत्राचार गरेको छ । रुसी सेना भर्ती भई ज्यान गुमाएकाको शव पहिचानको लागि निकट परिवारिक सदस्यको डीएनए

धनकुटा सेवा समाज कतारले भब्य रुपमा मनायो तीज

दर्शन सुनार/कतार : धनकुटा सेवा समाजको चाहना,शुद्ध सामाजिक भावना” भन्ने मुल नाराका साथ धनकुटा सेवा समाज कतारले “चेलीबेटी भेटघाट” तथा तिज बिशेष कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर समाजले शुक्रबार प्लाजामल स्थित वेलफेयर रेष्टुरेन्टको सभाहलमा समाजका अध्यक्ष तिल बिक्रम मगरको सभापतित्व तथा समाजका प्रमुख सल्लाहकार डिल्ली कुमार सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको हो । बिधिवत रुपमा ब्यानर अनावरण गरि उदंघाटन गर्दै अघि