सौर्य पत्र

अत्याधुनिक हतियारसहित ३ जना लुटेरा पक्राउ

मुगु । हतियार देखाएर लुट्दै हिँड्ने लुटेरा समुहमा संलग्न ३ जनालाई अत्याधुनिक हतियारसहित आइतबार मुगु प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ  । पक्राउ गरेको ६ जना मध्ये ३ जनाको मात्र प्रत्यक्ष संलग्नता देखिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा जुम्ला जिल्ला गुठिचौर गाउँपालिकाका वडा न ३ का आक्रोश पर्शे भनिने गणेश भण्डारी, सोही ठेगानाका पूर्णप्रसाद भण्डारी र वडा न ४ का कमल थापा रहेका छन् । घटनामा संलग्न अन्य ५ जना

नेपाल मगर संघ कतारको "दशौ राष्ट्रिय मगर भेला तथा बार्षिकोत्सव" सम्पन्न

दर्शन सुनार/कतार । नेपाल मगर संघ शाखा कतारले “दशौ राष्ट्रिय मगर भेला तथा २४ औं बार्षिकोत्सव कार्यक्रम-२०२४” भब्य रुपमा सम्पन्न गरेको छ । नेपाल मगर संघ शाखा कतारका अध्यक्ष रेशम आले मगरको सभापतित्व तथा नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष डि.एन. मगरको प्रमुख आतिथ्यमा “आर्थिक समृद्धि र राजनैतिक  सशक्तिकरण सहितको सचेत मगर समुदाय निर्माण हाम्रो अभियान, मगराँत सभ्यताको दस्तावेजीकरण् र मगराँत दर्शन निर्माणको पक्षमा १० औ राष्ट्रिय मगर भेला ।।”

उनी र म

ढलक्क ढल्कँदै बस उकालो लाग्दै छ । म अहिले एक्लो छु, तर उनको सम्झना गरिरहेको छु – त्यो दिनको । त्यो दिन उनी यही उकालोमा थिइन् । म छेउमा छु । उनी झ्यालको छेउ छिन् । हामी दुवै एकार्काको छेउमा छौँ । बस पहाडको छेउ उकालो लाग्दै छ । उस्तै मेरो मन पनि कुनै आनन्दमा उकालो लाग्दै छ । उनी छेउ भएको आनन्द । बसको गीतको आनन्द– रातैभरि निन्द्रा छैन आँखा झिमिझिमीयसो आँखा जोड्यो भने सपनीमा तिमीबस्यौ अलक्यैयता जोवन ढल्क्यो ढलक्कै । आज धेरै

पहिरोले कालिकोट सडक खण्ड अवरुद्ध

कालिकोट । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्न गई कर्णाली राजमार्गको कालिकोट सडक खण्ड अवरुद्ध भएको छ। कालिकोटको हुल्म बजार लगायतका तीन ठाउँमा पहिरोले अवरुद्ध भएको हो। सडक अवरुद्ध  भएपछि सुर्खेत-जुम्लाका लागि छुटेको सवारी साधनहरू बिच बाटोमा रोकिएका छन्। बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

पोर्चुगललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फ्रान्स सेमिफाइनलमा

एजेन्सी – पोर्चुगललाई पेनाल्टी सुटआउटमा हराउँदै फ्रान्स युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको सेमिफाइनलमा फ्रान्स पुगेको यो छैटौँ पटक हो । जर्मनीको ह्यामबर्गमा भएको क्वाटरफाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट गोलरहित बराबरीमा सकिँदा खेल टाइब्रेकरमा अघि बढेको थियो । टाइब्रेकरमा पोर्चुगलका जोआओ फेलिक्सको पेनाल्टी पोस्टमा लागेर फर्कंदा फ्रान्स ५-३ ले विजयी भयो । अन्य सबैले टाइब्रेकरमा गोल गरे । यसअघि दिनको पहिलो क्वाटरफाइनलमा स्पेनले जर्मनीलाई २-१

एसपीद्धारा खुल्यो दर्जन आईजीको नालीबेली

काठमाडौं : नेपाल प्रहरीमा २४ वर्ष सेवा गरेर राजीनामा दिएका प्रहरी उपरिक्षक (एसपी) आभुषण तिम्सिनाले संगठनका पूर्व र वर्तमान प्रमुखप्रतिको दृष्टिकोण सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन । उनले संगठनका पूर्व र वर्तमान गरी १२ जना प्रहरी महानिरीक्षक (आईजी) हरुका बारेमा अनुभव भन्दै विभिन्न आरोपहरु समेत लगाएका छन् । उनी लेख्छन्, मलाई आज केहि कुरा भन्न मन लाग्यो मेरो २४ बर्षे जागिरे जीवनको सिलसिलामा देखेका केहि होइन, संगठन प्रमुखको कारण भित्रिएका

बाँकेमा फरार अपराधीलाई प्रहरीले गोली चलाएर समात्यो

नेपालगंज । बाँकेको हिरमिनियामा फरार अपराधी पक्राउ गर्न बाँके प्रहरीले गोली चलाएको छ । बाँकेबाट खटिएको प्रहरी टोलीले डांका चोरी मुद्दाका फरार प्रतिबादीलाई नियन्त्रणमा लिन डुडुवा गाउपालिका-६ सिखनपुरुवामा आज (बिहीवार) बिहान ८ बजेतिर गोली चलाएको हो । डुडुवा गाउपालिका-६ सिखनपुरुवा घर भएका ६५ वर्षीय  सरमान सिङ सिख र ३० बर्षिय नानक सिङ सिखलाई पक्राउ गरेको बाँके प्रहरीले बताएको जनाएको छ । दुबै जनालाई नियन्त्रणमा लिने क्रममा प्रहरीलाई नै आक्रमण गरेपछि

वर्षाका कारण बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ । अविरल वर्षाका कारण ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–१ स्थित ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा बुटवल, भैरवाह, कपिलवस्तु, दाङ, मुक्तिनाथ  जाने सवारी साधन आवतजावत  ठप्प भएको छ ।   जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले करिडोर अवरुद्ध हुँदा जैमिनी नगरपालिकाको वाइनकुना, जैदी, छिस्ती, जैदी, अर्जेवा, बिनामारे र बरेङ गाउँपालिकाका विभिन्न ठाउँबाट जिल्ला सदरमुकाम

कांग्रेस-एमाले गठबन्धनमा रास्वपा सहभागी नहुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले कांग्रेस-एमालेबीच बन्ने नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको हो । बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रमुख सचेतक सन्तोष परियारले नयाँ गठबन्धन देश र जनताको हितमा नरहेको बताउँदै यसले देशलाई राजनीतिक स्थायित्व पनि नदिने भएकाले एमाले–कांग्रेसबीचको गठबन्धमा सहभागी नहुने बताए । ‘नयाँ गठबन्धन यो घटना देश र जनताको हितमा छैन । यसले

गन्डकी प्रदेश कतारले स्वास्थ तथा सचेतना कार्यक्रम गर्ने

दर्शन सुनार/कतार । ” हाम्रो अभिभारा,समृद्ध गण्डकी प्रदेश” भन्ने मुल नाराका साथ गण्डकी प्रदेश समन्वय परिषद कतारले बार्षिक साधारण सभा तथा स्वास्थ सचेतना कार्यक्रम गर्ने भएको छ । गण्डकी प्रदेश समन्वय परिषद कतारको आयोजनामा “स्वास्थ तथा सचेतना” मनोबिज्ञान तथा मानसिक स्वास्थ सम्बन्धि अन्तरकृया कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा मनोपरामर्शदाता तथा मनोबिश्लेषक बाशु आचार्य कतार आउने गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष सागर पौडेलले जानकारी दिए । कार्यक्रममा सम्पुर्ण संघ-सस्थां