सौर्य पत्र

नेपाली राजदूतावास कतारले गर्‍यो अभिमुखीकरण कार्यक्रम

दर्शन सुनार/कतार : कतारस्थित नेपाली राजदूतावास कतारले श्रमिक सुरक्षा तथा जनचेनता सम्बन्धि अभिमुखीकरण कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । नेपाली राजदूतावास कतारको आयोजना तथागैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा सनैयामा अवस्थित रहेको फुलवारि रेष्टुरेन्टको सभाहलमा नेपाली राजदूतावास कतारका राजदुत डा: नरेश बिक्रम ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावास कतारका परिवार लगायत नेपाली श्रमिकहरुको बाक्लो उपस्थिति रहेको थियो । राजदूतावास कतारका लेवर काउन्सिल टिकामणी न्यौपानेले कार्यक्रमको बारेमा

कतारमा मनाइयो १७ औं गणतन्त्र दिवस

दर्शन सुनार/कतार : कतारमा स्थापित विभिन्न बैचारिक संगठनहरुद्धारा संयुक्त रुपमा १७ औं  गणतन्त्र दिवस २०८१ भब्य रुपमा मनाएको छ । नेपाली राजदूतावासको सभाहलमा कतारमा स्थापित विभिन्न बैचारिक संगठनहरुको संयुक्त आयोजनामा प्रवासी नेपाली मञ्च कतारको सातौ महाधिवेशन आयोजक समितिका सयोंजक, अफसर अलि खानको सभापतित्व,तथा नेपाली राजदूतावास कतारका प्रथम सचीव कृष्ण कुमार सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । विधिवत उद्धघांटन सहित व्यानर अनावरण, दिप प्रज्वलन गरी उद्घघांटन गरिएको कार्यक्रममा राष्ट्रिय गान

यार्सा टिप्न गएका २ जनाको मृत्यु

मुगु : यार्सागुम्बा टिप्न गएका दुईजनाको लेक लागेर मृत्यु भएको छ । पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढाको मृत्यु भएको सशस्त्र प्रहरी जवान तिलक बढुवालले मुगु गाउँबाट फोनमा जानकारी दिए । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले पनि यार्सा सङ्कलनमा गएका दुई जनाको लेक

गर्मिका कारण नेपालगञ्जका विद्यालय जेठ ७ गतेसम्म बन्द

नेपालगञ्ज । अत्यधिक गर्मी बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले गर्मी बिदा बढाएको छ । उपमहानगरपालिकाले आगामी असार ७ गतेसम्म विद्यालयमा गर्मी बिदा दिएको छ ।  अत्यधिक गर्मी र ‘लु’ले पठनपाठनमा समस्या भएपछि यही जेठ २० देखि असार ७ गतेसम्म गर्मी बिदा दिने निर्णय भएको पालिकाका महाशाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए । यसअघि नेपालगञ्ज उपमहानगरपालिकाले यही जेठ १५ देखि १८ गतेसम्म गर्मी बिदा दिएको थियो । उपमहानगरपालिकाको शिक्षा महाशाखाको क्यालेन्डरमा भने

दीपाको ‘छक्कापञ्जा ५’ को छायांकन सुरु

काठमाण्डौं । यस बर्षको बहुप्रतिक्षित चलचित्र  ‘छक्कापञ्जा ५’ को छायांकन सुरु गरिएको छ। विहीबार भक्तपुरको सूर्यविनायक मन्दिरमा चलचित्रको सुभसाइत गर्दै निर्माण टिमले छायांकन सुरु गरेको हो। दीपकराज गिरी र वर्षा सिवाकोटीको मुख्य भुमिका रहेको चलचित्रको ४५ दिनसम्म काठमाडौं र पोखरा क्षेत्रमा छायांकन हुने निर्माण पक्षले जनाएको छ । आमा सरस्वती मूभिज र आइएमईको प्रस्तुतिमा निर्माण हुन लागेको यो चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गर्ने भएकी छन । दीपक शर्मा र बाबुल गिरीको

गृहका २५ सहसचिवको सरुवा, १६ जिल्लाका सीडीओ फेरिए

काठमाडौं । गृह मन्त्रालयले २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ ।  विभिन्न मन्त्रालयबाट गृहमा सरुवा भएर आएकाहरूको पदस्थापन र मन्त्रालय र अन्तरगतका निकायमा विभिन्न जिम्मेवारीमा रहेको १६ जना सीडीओहरुको जिम्मेवारी हेरफेर भएको हो । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बुधबार प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गर्ने निर्णय गरेका हुन् । गृह मन्त्रालय अन्तर्गत प्रजिअहरुसहित २५ जना सहसचिवहरूको सरुवा तथा पदस्थापन गरिएको छ ।

नवलपरासी सेवा समाज कतारद्धारा गृह जिल्लामा एक लाखको अक्षयकोष स्थापना

दर्शन सुनार/कतार : “आपसी सहयोग सद्भाव र एकता,सामाजिक सेवामा हाम्रो प्रतिबद्धता” मुल नाराका साथ २०१८ मा कतारमा स्थापना भएको  नवलपरासी सेवा समाज कतारले गृहजिल्लाको सरावल गाउँ पालिका वडा नम्बर ३ पिपरामा अबस्थित श्री बालपुरी आधरभूत बिद्यालयमा नेपाली एक लाख (अक्षरुपी) को  अक्षयकोष स्थापना गरेको छ । समाजका निवर्तमान अध्यक्ष तथा बर्तमान प्रमुख सल्लाहकार कृष्ण पन्थीको अध्यक्षतामा ९ फेब्रुअरी २०२४ मा बसेको बैठकद्वारा गरीब तथा जेहेन्दार बिद्यार्थीहरुलाई शैक्षिक सामग्री एवं पोशाक

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुदै

काठमाडौं । सरकारले आज आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा पेश गर्दै छ । सरकारका तर्फबाट अर्थमन्त्री वर्षमान पुनले दिउँसो १ बजे संसदको दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्नेछन् । बजेट सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नर लगायत सहभागी हुनेछन् । अर्थमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा १५ जेठमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।

आज १७ औँ गणतन्त्र दिवस

काठमाडौं । नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा मंगलबार १७ औँ गणतन्त्र दिवस, देशभर मनाइँदैछ । नेपाली जनताको आन्दोलन र परिवर्तनको आकाङ्क्षासँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुँदैछ । तीनै तहका सरकारले विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउँदैछन् । देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाइन्छ । यस वर्ष जेठ १४, १५ र १६

धनकुटा सेवा समाज कतारको आठौं अधिवेशनबाट अध्यक्षमा मगर निर्वाचित

दर्शन सुनार/कतार : धनकुटा सेवा समाज कतारको आठौं अधिवेशन सम्पन्न भएको छ।’धनकुटा सेवा समाजको चाहाना,शुद्ध सामाजिक भावना’ भन्ने मुल नाराका साथधनकुटा सेवा समाज कतारले आठौं अधिवेशन भब्य रुपमा सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ । सनैयामा अवस्थित लाली गुराँस रेष्टुरेन्टको सभाहलमा धनकुटा सेवा समाज कतारका अध्यक्ष डिल्ली सुवेदीको सभापतित्व तथा गैर आवासिय नेपाली संघ एनसिसी कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामाखुल्ला सत्र र बन्द सत्र गरि दुई चरणमा सम्पन्न