सौर्य पत्र

सौर्यपत्रका कतार संवाददाता सुनार सम्मानित

काठमाडौं  : वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक कतारमा रहेका गुल्मीका दर्शन सुनार शुक्रबार सम्मानित भएका छन् l तमू (गुरुङ) समाज कतारले आयोजना गरेको“चेलीबेटी भेटघाट तथा कलाकार सम्मान कार्यक्रममा सुनार सम्मानित भएका हुन् l तमु (गुरुङ) समाजले आयोजना गरेका हरेक गतिविधिमा फोटोग्राफर र सञ्चारको माध्यमबाट अतुलनीय योगदान पुर्‍याएको भन्दै फेटा (क्रेगी) र सम्मानपत्र सहित सुनारलाई  सम्मानित गरिएको हो l सम्मानपछि बोल्दै उनले सम्मान पत्रले जिम्मेवारी थप्ने र थप मिहेनत गर्न ऊर्जा

हटाइयो माइतीघरदेखि बानेश्वरसम्मको निषेधाज्ञा

काठमाडौं । काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म कायम निषेधित क्षेत्र शनिबारदेखि हटाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार सूचना जारी गर्दै गत फागुन ४ गतेदेखि लागू गरिएको निषेधाज्ञा हटाएको जानकारी दिएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा जारी सूचनामा भनिएको छ, ‘हाललाई सुरक्षा चुनौती विश्लेषण समेतका आधारमा जिल्ला सुरक्षा समिति काठमाडौँको आजको सिफारिसअनुसार माइतीघर मण्डलादेखि बानेश्वर (कृष्ण टावर) सम्मको क्षेत्रलाई २०८१ वैशाख १ गतेदेखि निषेध आदेश कायम नरहने सबैलाई सूचित

बैशाखदेखी दरबारमार्ग र ठमेल २४ सै घण्टा खुलाउने घोषणा 

काठमाडौं । व्यवसायीहरूले वैशाख १ देखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा खुला गर्ने घोषणा गरेका छन् । बिहीबार ठमेल प्रर्यटन विकास परिषद र दरबारमार्ग विकास बोर्डले पत्रकार सम्मेलन गर्दै ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा सञ्चालन हुने घोषणा गरेका हुन् । गृह मन्त्रीको सक्रियतामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले बनाएको आचारसंहिता बमोजिम कानूनको परिधिभित्र रही दरबारमार्ग र ठमेल २४ सै घन्टा व्यवसाय संचालन गराउन चालेको कदमलाई सकारात्मक रूपमा

गण्डकीमा मन्त्रालयको संख्या बढाइयो

पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालयको संख्या ७ बाट बढाएर ९ वटा बनाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य र आन्तरिक मन्त्रालय थप्ने निर्णय गरेको हो । मुख्यमन्त्री नियुक्त भएको दुई दिन नवित्दै उनले मन्त्रालय बढाएका हुन् । सत्ता गठबन्धनमा रहेका दलहरुलाई भागबण्डा पुराउन मुख्यमन्त्री अधिकारीले मन्त्रालय बढाउने निर्णयमा पुगेका हुन् । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्रीसँग आन्तरिक मन्त्रालय बेग्लै बनाउने निर्णय

मृगौला पीडित कलाकार खप्तरी मगरलाई कतारबाट आर्थिक सहयोग

दर्शन सुनार/कतार : लोकप्रिय मौलिक गायकको छवि बनाएका गायक प्रसाद खप्तरी मगर हाल विरामी छन्। गुल्मी जिल्ला सत्यावती गाउँपालिका वडा न ४ लिम्घा निवासी लोक गायक प्रसाद खप्तरी मगर बिगत एक बर्षदेखि अकस्मात दुबै मृगौलाले काम गर्न छोडेपछि यतिबेला डायलालिस गराईरहेका छन्। उनलाई हाल विभिन्न ठाउँबाट सहयोग रकम प्राप्त भइरहेको छ। यसैबीच,  पीडित कलाकार खप्तरी मगरलाई कतारबाट पनि सहयोग गरिएको छ । गुल्मी सेवा समाज कतारका सल्लाहकार भिम तरामु मगरले

नेपाल मगर संघ कतारले गर्‍यो कलाकार सविता गरन्जा मगरलाई सम्मान र बिदाई

दर्शक सुनार/कतार : नेपाल मगरसंघ शाखा कतारले कलाकार सबिता गरन्जा मगरलाई संस्थागत बिदाई तथा सम्मान गरेको छ । नेपाल मगर संघ साँस्कृतिक परिवारमा  २०१९ देखि आवद्ध रहेकी कलाकार मगर कर्मभूमि कतार बसाईलाई बिट मार्दै कतारबाटै क्रोसिया प्रस्थान गर्न लागेको अवसरमा नेपाल मगर संघ शाखा कतार र नेपाल मगर साँस्कृतिक परिवारले शुक्रबार एक कार्यक्रमकाबी कदर पत्र प्रदान गर्दै दोसल्ला ओढाएर बिदाई तथा सम्मान गरेको हो। नेपाल मगर संघ परिवारका विशिष्ट व्यक्तित्वहरुले

तनहुँ सेवा समाजको कार्यक्रमको लागि कतार आइपुगे अस्मिता र वसन्त

दर्शन सुनार/कतार: नेपालीहरुको नयाँ बर्ष २०८१-तथा ईस्लाम धर्मावलम्बीको पवित्र महान पर्व “ईद उल फितरको” अवसरमा तनहुँ सेवा समाज कतारले वृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ। वृहत् सांस्कृतिक कार्यक्रम २०२४ को लागि भनेर नै आफ्नो सांगीतिक प्रस्तुति दिन नेपालबाट कलाकारहरु कतार आईपुगेका छन्। लोक तथा दोहोरी गायिका अस्मिता डल्लाकोटी र लोक तथा दोहोरी गायक वसन्त विश्वकर्मा बुधबार दिउँसो कतार आईपुगेका हुन्।कलाकारहरुलाई स्वागत गर्नको लागि तनहुँ सेवा समाज कतारका अध्यक्ष, महासचिव, कार्यसमितिका

नैनिताल दुर्घटना : ७ नेपालीसहित १ भारतियको मृत्यू

महेन्द्रनगर । भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको बेलाघाटमा सवारी दुर्घटनामा परि एक भारतीय सहित ७ नेपालीको मृत्यू भएको छ । सोमबारराति भएको सडक दुर्घटनामा परी मृत्यु भएका सातमध्ये मृतक ६ जना बाँकेको बैजनाथ गाउँपालिका–८ का र अर्का एक नेपाली बर्दिया बाँसगढी नगरपालिकाका बासिन्दा भएको खुलेको छ । सवारी दुर्घटनामा परी मृत्यु हुनेमा बैजनाथ–८ का धीरज थारू, उदयराम थारू, विश्राम थारू, तिलकराम थारू, अन्तराम थारू र विनोद थारू रहेको बैजनाथ गाउँपालिका–८ का

सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी

काठमाण्डौं । काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा भिषण आगलागी भएको छ। सोमबार अपराह्न बलम्बुस्थित सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी भएको र अहिले निभाउनेक्रम जारी रहेको छ । यस स्टोरमा सशस्त्र प्रहरीका बन्दोबस्तीका सामग्रीहरू राखिएका बताइएको छ । आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । अहिले आगलागी नियन्त्रणमा लिन दमकल, प्रहरी तथा स्थानीयले सहयोग गरिरहेका छन् । आगलागी कारण भने अहिलेसम्म खुलेको छैन ।

डढेलो निभाउने क्रममा डोल्पामा ४ सुरक्षाकर्मी गम्भीर घाइते

काठमाडौं । डोल्पाको दुनही सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा चार सुरक्षाकर्मी घाइते भएका छन् । डढेलो निभाउन गएका सेनाका चारजना घाइते भएको डोल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिकृष्ण केसीले जानकारी दिए । उनीहरू गम्भीर घाइते छन् । घाइतेहरूको उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको डीएसपी केसीले बताए । डढेलो निभाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तीन वटै सुरक्षा निकाय खटिएका छन् ।