सौर्य पत्र

अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारद्वारा वृहत ईफतार कार्यक्रम सम्पन्न

दर्शन सुनार/कतार : अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारले वृहत् ईफतार कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । ईस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको पावन अवसरमा आयोजित शुभकामना आदान-प्रदान तथा बृहत् ईफ्तार  कार्यक्रम कतार च्यारिटीको सभाहलमा सम्पन्न गरेको हो । अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजका अध्यक्ष अजमत अलिको सभापतित्व तथा नेपाली राजदूतावासका महामहिम डा: नरेश बिक्रम ढकालको प्रमुख आतिथ्यतामा सामुदायिक ईफ्तार कार्यक्रम सम्पन्न भएको हो। मौलाना धर्म गुरु गुलाम नबि रजवीले कुराअन तिलावत

गैरआवासिय नेपाली संघको आयोजनामा वृहत् ईफतार कार्यक्रम सम्पन्न

दर्शन सुनार/कतार : गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले बृहत ईफतार कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको पावन अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा बृहत ईफतार कार्यक्रम कतारको पेभिलियन एक्स्पो अलविदा पार्कमा गरेको हो। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको सभापतित्व तथा नेपाली राजदूतावास कतारका महामहिम डा: नरेश बिक्रम ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एनसिसी कतारका प्रथम उपाध्यक्ष कृष्ण

तराईमा आज होली मनाइँदै

काठमाडौं । तराई-मधेस क्षेत्रमा आज होली मनाइँदै छ। मुलुकका पहाडी तथा हिमाली क्षेत्रमा होली मनाएको भोलिपल्ट तराई-मधेसमा होली पर्व मनाउने गरिएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको

हुम्लामा जीप दुर्घटना हुँदा २ को मृत्यु, ६ जना घाइते

हुम्ला । हुम्लामा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा अदानचुली गाउँपालिका-५, का अन्दाजी ३५ वर्षीय फागुने लोहार र १३ वर्षीय प्रवेश ऐडी रहेका छन्। हुम्लाको अदानचुली गाउँपालिका श्रीनगरबाट वडा नम्बर ५ को बारीगाउँ जाँदै गरेको सु ००१ ज ११८३ नम्बरको बोलेरो जीप शनिबार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी ६ जना घाइते भएका छन् । घाइतेहरूलाई अस्पतालमा

हेल्प मधेसी कतार च्याप्टरको चौथो महाधिवेशन सम्पन्न, अध्यक्षमा यादव निर्वाचित

दर्शन सुनार/कतार : हेल्प मधेसी कतार च्याटरको चौथो महाधिवेशन भब्य रुपमा सम्पन्न भएको छ ।शुक्रबार सनैयामा अवस्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा हेल्प मधेसी कतार च्याप्टरको चौथौ महाधिवेशन साथै मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमदानको ईफतार तथा हिन्दुहरुको महान होली पर्वको सुखद उपलक्ष्यमा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरिएको हो। हेल्प मधेसी कतार च्याप्टरका अध्यक्ष राम कुमार यादवको सभापतित्व तथा नेपाली राजदुतावास कतारका महामहिम डा: नरेश बिक्रम ढकाल ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा खुल्ला

गैर आवासीय नेपाली संघले गर्‍यो स्वर्गीय यादवको सम्झनामा शोक सभा

दर्शन सुनार/कतार : गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले शोक सभा गरेको छ । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका सल्लाहकार जीवछ यादव वार्षिक बिदामा जन्मभूमि गएको समयमा सडक दुर्घटनामा परेर निधन भएको थियो । यादवको असमायिक निधनको दु:खद घडीमा र उनको सम्झनामा गैरआवासिय नेपाली संघका अध्यक्ष रमेश भट्टको अध्यक्षतामा बिहिवार साँझ सनैयामा अवस्थित लाली गुराँस रेष्टुरेन्टको सभाहलमा शोक सभा गर्दै नेपाली संघले स्वर्गीय यादवलाई श्रद्धासुमन

सफलताको उडान भर्दै ‘महाजात्रा’

काठमाण्डौं : व्यावसायिक रुपमा सफल ‘जात्रा’, ‘जात्रैजात्रा’ जस्ता चलचित्र बनाएर आफुलाइ अब्वल सावित गरेका निर्देशक प्रदीप भट्टराईको ‘महाजात्रा’ आज शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ।  निर्देशक भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र प्रदर्शनको पहिलो दिन नेपाल र अष्ट्रेलिया स्थित सिड्नीमा समेत दर्शकको उत्कृष्ट साथ पाएको निर्माण पक्षले जनाएको छ । प्रदर्शनको पहिलो दिन नै नेपालका सम्पुर्ण शोहरु हाउसफुल भएसंगै चलचित्रले व्यावसायिक रुपमा सफल उडानको यात्रा शुरु गरेको छ। वर्तमान राजनीतिकर्मीले सत्ता र

दिल्ली मदिरा घोटाला केशमा मुख्यमन्त्री केजरीवाल पक्राउ

काठमाडौं : बिहीवार साँझ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । दिल्लीको नयाँ मदिरा बेचबिखन सम्बन्धी नीतिमा चलखेल गरेको आरोप लगाउँदै प्रवर्तन निर्देशनालय (ईडी)ले मुख्यमन्त्री केजरीवाललाई बिहीवार पक्राउ गरेको हो । ईडीको टोली बिहीबार साँझ ७ बजे १० औं ’समन’ र सर्च वारेन्ट लिएर केजरीवालको घर पुगेको थियो । दुई घण्टाको सोधपुछपछि उनलाई पक्राउ गरिएको भारतीय संचारमाध्यमले जनाएको छ । आज मात्र उच्च अदालतले दिल्लीका मुख्यमन्त्रीको गिरफ्तारीमा रोक लगाउने

बाँके प्रहरीद्धारा ठुलो परिमाणमा भन्सार छलीका सामान बरामद

नेपालगंज: बाँके प्रहरीले ठुलो परिमाणमा भन्सार छलीका सामान बरामद गरेको छ । खुला सिमानाका भएकै कारण भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी गरी ल्याउँदै गरेको अवस्थामा ४ लाख ३४ हजार मूल्य बराबरको सामान जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले बरामद गरेको हो । कपडा,जुत्ता, चिनी, सुर्ती, प्रफ्युम (सेन्ट), लागायतका समानहरु फेला पारी बरामद गरिएको बांके प्रहरीले जनाएको छ ।आवश्यक कारवाहीको लागि सामानहरु भन्सार कार्यालय नेपालगञ्जमा पठाइएको जिल्ला प्रहरी कार्यालय

पाटे बाघको छालासहित नेपालगन्जबाट १ जना पक्राउ

नेपालगंज: पाटे बाघको छालासहित नेपालगन्जबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधवार दिउसो नेपालगन्ज २ पुष्पलालचोकस्थित रोयल महाबुब होटलबाट सुर्खेतका चन्द्र बहादुर कार्कीलाई पक्राउ गरेको हो । होटलमा दुर्लभ पाटेबाघको छालाको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा उक्त होटलको कोठा न. १०१ भाडामा लिई बसेको जिल्ला सुर्खेत बराहताल गाउँपालिका वडा नम्बर २ पाक्मा बस्ने बर्ष २८ को चन्द्र बहादुर कार्कीलाई पाटे बाघको छालासहित प्रहरीले पक्राउ गरेको हो । कार्कीले हरियो