सौर्य पत्र

मेसि कप्तान रहेको बार्सिलोनाको खराब हार

काठमाडौं ३१, साउन । स्पेनिस क्लब बार्सिलोना लज्जास्पद हारसहित च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ।लिस्बोनमा शुक्रबार राति भएको अन्तिम ८ को खेलमा बार्सिलोनाले र्जमन बुण्डेस लिगा क्लब बार्यन म्युखिनबाट ८ गोल खाएर स्तब्ध भएको हो । बार्यनले लियोनल मेस्सी कप्तानीको बार्सिलोनालाई ८–२ ले पराजित गरेको हो । चौथो मिनेटमा गोलको खाता खोलेको बार्यन म्युनिखले ८९ औँ मिनेटमा आठौँ गोल गरेको हो । बार्सिलोनाका लागि लुइस स्वारेजले ५७ औँ मिनेटमा एक

कालिकोटमा पहिरो: ६ जनाको मृत्यु

कालिकोट ३०, साउन । कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकु भन्ने स्थानमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ । गएराति आएको पहिरोले वडा सद रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको हो । पहिरोमा घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर विष्टका दुई छोरी गरी छ जनाको मृत्यु भएको कर्णाली प्रदेशका मुख्यमन्त्रीका स्वकीय सचिव खेम सिंहले जानकारी दिए। स्वकीय सचिव

६ घण्टादेखि लगातार भारी वर्षाः उच्च सतर्कता अपनाउन विभागको आग्रह

बर्दिया ३० साउन । देशका कतिपय स्थानमा पछिल्लो ६ घण्टादेखि लगातार वर्षा भइरहेको र यो क्रम अझै जारी रहेकोले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लाका केही क्षेत्रमा पछिल्लो ६ घण्टा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । लगातार वर्षा भइरहेकोले कान्द्रा, मोहना, खुटिया, सुहेली, चौधरा र अन्य साना खोलाहरुमा आकश्मिक बाढी आउनसक्ने र होचा

हेलिकप्टर चार्टर गरेर काठमाडौँ पुगेका मेयरमा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज ३०, साउन । हेलिकप्टर चार्टर गरेर उपचारको लागि काठमाडौँ पुगेका पर्साको पर्सागढी नगरपालिकाका मेयरमा कोरोना संक्रमण पुष्टि भएको छ। पर्सागढी नगरपालिकाका मेयर लोक नारायण यादवमा कोरोना संक्रमण पुष्टि भएको हो। मेयर यादवले आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी फेसबुकमार्फत गराएका छन् । अहिले काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत रहेका उनले सोमबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको उल्लेख गरेका छन्।उनले आफनो स्वास्थ्य अवस्था अहिले सुदृढ रहेको तथा क्रमिक रुपमा भइरहेको

कोशी अस्पतालमा अर्का कोरोना संक्रमितको पनि मृत्यु

विराटनगर ३०, साउन । कोशी अस्पताल विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । गम्भिर अवस्थामा अस्पतालमा भर्ना भएका सिराह विष्णुपुर गाउँपालिका– १ घर भएका ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो । उनको गएराती मृत्यु भएको हो । बिहीबार कोशी अस्पताल भर्ना भएका उनमा श्वासप्रश्वास र निमोनियाको समस्या थियो । उनको शरीरमा रगतको कमी पनि देखिएको डाक्टर दासले बताउनुभयो । योसँगै मोरङमा

स्क्रब टाइफसबाट बैतडीकी एक बालिकाको मृत्यु

बैतडी २९, साउन । स्क्रब टाइफस रोगबाट बैतडीकी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ श्रीकोटकी १४ वर्षीया पूजा जोशी रहेकी छन् । पूजाको बुधबार उपचारका लागि कोहलपुर मेडिकल कलेज लग्दैगर्दा बाटोमै मृत्यु भएको हो। स्क्रब टाइफसबाट सङ्क्रमित बालिकालाई बैतडीबाट डडेल्धुरा अस्पताल हुँदै मङ्गलबार धनगढीको सारथी अस्पताल पुर्‍याइएको थियो । त्यहाँ पनि उपचार हुन नसकेपछि थप उपचारका लागि कोहलपुर लग्दैगर्दा बुधबार अपराह्न चिसापानीमा बालिकाको मृत्यु भएको पूजाका

देशभर बदली, केही स्थानमा भारी वर्षा हुने

काठमाडौं २९, साउन । देशभरको मौसम बिहीबार सामन्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिण तर्फ रहेकाले मौसम बदली भएको हो । यस्तै देशका धेरै स्थानमा वर्षा हुने पनि महाशाखाले जनाएको छ । अहिले देशभर समान्य बदली रही प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। बिहीबार दिउँसो देशभर सामान्य बदली रही धेरै

बाँकेमा आज ३० जना डिस्चार्ज

नेपालगन्ज २९, साउन । बाँकेमा विहीबार ठूलो संख्यामा कोरोना संक्रमित निको भएर डिस्चार्ज हुँदैछन् । त्यसमा आन्तरिक राजश्व कार्यालयका अधिकृत, नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारीदेखि मिठाई पसलेसम्म छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, नेपालगन्जका १८, कोहलपुर र राप्तीसोनारीका एक–एकजना त्यस्तै दाङ, बर्दिया, दैलेख, पर्साका एक–एकजना छन् । सुर्खेत र कञ्चनपुरका दुई–दुईजना गरी चारजना पनि विहीबार नै डिस्चार्ज हुँदैछन् । ‘आज (विहीबार) डिस्चार्ज हुन लागेको अधिकांश आन्तरिक राजश्य

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड वढि, मृतकको संख्या ७ लाख नाघ्यो

काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा २ करोड नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड १ लाख ६२ हजार ४७४ पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ७ लाख ३७ हजार ४१७ पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका

तीन साताको अवधिमा ६ हजार ४३८ कोरोना संक्रमित थपिए, ५१ जनाको मृत्यु

काठमाडौं । नेपालमा लकडाउन खुलेपछि ३ साताको अवधिमा ६ हजार ४३८ जना नयां कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार गत साउन ६ गते कोरोना संक्रमित संख्या १७ हजार ९९४ रहेको थियो । तर त्यस यता साउन ७ गते देखि हालसम्म ६ हजार ४३८ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । त्यसैगरी लकडाउन खुले यता मात्र ५१ जनाले कोरोना संक्रमणबाट