सौर्य पत्र

३३८ कोरोना संक्रमित थपिए, १४० डिस्चार्ज

काठमाडौ २६, साउन । पछिल्लो २४ घण्टामा थप ३३८ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ४३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको २३ हजार ३१० संख्या पुगेको छ । बुधबार देशभर ३८१ कोरोना भाइरस संक्रमित थपिएका थिए भने १३० जना डिस्चार्ज भएका थिए । बिहीबार देशभर ३६० कोरोना संक्रमित थपिएका थिए भने २३३ जना डिस्चार्ज भएका थिए

बालिका बलात्कार गरेको आरोपमा होटल सञ्चालक पक्राउ

रुकुम पश्चिम । रोजगारको प्रलोभन देखाइ होटलमा काम लगाई दिन्छु भनी ललाई फकाई जर्बरजस्ती करणी गरेको आरोपमा सल्यान प्रहरीले एक होटल सञ्चालकलाई पक्राउ गरेको छ । १५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा शारदा नगरपालिका १ श्रीनगरका ४५ वर्षीय हिमराज बुढाथोकीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक लक्ष्मण ओलीले वताएका छन । गत शुक्रबार २३ गते राति करिव साढे ८ बजेको समयमा बालिकालाई दारिमचौरको जंगलको बाटोमा बलात्कार गरेको पिडित

तस्विरः फाइल

काठमाडौं । पछिल्लो समय नोवेल कोरोना भाइरसले भयावह रुप लिइरहेको छ । हालसम्म विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ७ लाख २२ हजार वढि मानिसहरुले ज्यान गुमाइसकेका छन । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ७ लाख २२ हजार २८५ को मृत्यु भइसकेको छ । कोरोना भाइरसका कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने ब्राजिल दोस्रो स्थानमा छ । हालसम्म विश्वमा

देशभर बदली, केही स्थानमा भारी वर्षा हुने

काठमाडौं २६, साउन । देशभरको मौसम सोमबार सामान्यतया बदली भइ केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिण तर्फ रहेकाले मौसम बदली भएको हो। अहिले देशका अधिकांश भू–भागमा समान्यदेखि पूर्ण बदली भएको छ । सबै प्रदेशहरुका केही स्थानमा वर्षा भइरहेको मौसमविदले बताएका छन् । सोमबार दिउँसो देशभर सामान्य बदली रही केहि स्थानमा मेघगर्जन र चट्याङ्गसहित

बाँकेमा आज तीनजना डिस्चार्ज

नेपालगन्ज २६, साउन । बाँकेमा सोमवार थप तीन जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । आइसोलेसनबाट डिस्चार्ज हुनेमा बाँके राप्तीसोनारी गाउँपालिका ८ का दुई जना र एकजना प्युठान मल्लरानी ३ का हुन् । योसँगै बाँकेमा चार सय पाँचजना उपचारपछि निको भएर घर फर्किसकेका छन् । बाँकेमा कुल संक्रमितको संख्या ६ सय १७ पुगेको छ । अहिलेसम्म कोरोना संक्रमणबाट बाँकेमा तीनजनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो १५ दिन यतामात्र बाँकेमा

पाकिस्तानबाट भारत आएका एकै परिवारका ११ जनाको शव फेला

काठमाडौं २६, साउन । भारतको राजस्थानमा पाकिस्तानबाट आएका एक परिवारका ११ जनाको मृत्यु भएको छ । जोधपुर जिल्लाको देचू थाना क्षेत्रको खेतमा उनीहरुको शव भेटिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । परिवारका एक सदस्यमात्रै जीवित रहेका छन् । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको बताएको छ । घटनास्थलबाट किटनाशक औषधि भेटिएका र मृत्युको कारण पारिवारिक कलह हुन सक्ने जोधपुर ग्रामीणका प्रहरी अधिकारी राहुल बारहटले बताएको बिबिसी हिन्दीले उल्लेख

काठमाडौं उपत्यकामा थप ९० जनामा कोरोना संक्रमण

काठमाडौं पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै वढिरहेको छ । नेपालका विभिन्न जिल्ला संगै काठमाडौं उपत्यकामा पनी संक्रमितको संख्या दिनप्रतिदिन  वढिरहेको छ । उपत्यकामा आइतबार मात्र थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जनामा संक्रमण देखिएका छन् । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका ४४ ललितपुरका एकजनामा कोरोना पुष्टि भएको छ । यस्तै

स्वास्थ्य मन्त्रालयका चारजना कर्मचारीमा कोरोना पुष्टि

काठमाण्डाै । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चारजना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । २३ गते शुक्रबार मन्त्रालयका ८४ जनाकाे स्वाब संकलन गरिएकाे थियो । स्वाब संकलन गरिएकामध्ये ४ जनामा पीसीआर रिपोर्ट पोजेटिभ देखिएकाे मन्त्रालयका एक अधिकारीले बताएका छन । हाल उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको समेत कन्ट्याक्ट् ट्रेसिङ आजबाट नै सुरु भएकाे मन्त्रालय स्रोतले बताएको छ ।

बाँकेमा ३० प्रहरीसहित ४६ जनामा कोराना पुष्टि

नेपालगन्ज २५, साउन । बाँकेमा आइतवार थप ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ४६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले फेसबुकमार्फत त्यसको पुष्टि गर्नुभएको छ । संक्रमितमध्ये प्रहरी कर्मचारीको संख्या समेत धेरै छ । वडा प्रहरी कार्यालय नेपालगन्जका २९ र एक जना बागेश्वरी मन्दिरमा खटिने प्रहरीमा भाइरस पुष्टि भएको हो । बाँकेमा

बर्दियामा निषेधाज्ञा, नेपालगन्ज सील

नेपालगन्ज २५, साउन ।समुदायस्तरमै कोरोना भाइरसको संक्रमण देखिन थालेपछि स्थानीय प्रशासनले बर्दियामा आज आइतवार विहान ६ बजेदेखि लागु हुने गरी पाँच दिने निषेधाज्ञा लागु गरेको छ । बर्दियामा संक्रमितको संख्या दैनिकरुपमा थपिदै गएपछि कोरोना संकट व्यवस्थापन समितिको आकास्मिक बैठकले निषेधाज्ञा लगाएर भाइरस संक्रमण फैलिन नदिने निष्कर्णमा पुगेको समितिका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताउनुभयो । निषेधाज्ञा लागु गरिएसँगै आइतवार विहानदेखि बर्दियाको मुख्य बजार गुलरिया, राजापुर, बासगढी, मैनापोखर