सौर्य पत्र

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगे

दैलेख दैलेखको दुल्लु नगरपालिका –७ स्थित विद्युत प्राधिकरणको भवनमा रहेको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु  भएको एक जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले वताएका छन । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ। उनले केहीबेरमा मन्त्रालयले औपचारिक रुपमा जानकारी गराउने / हाल दैलेख प्रशासनले शव व्यवस्थापनको काम गरिरहेको उनले बताए । मृतक पुरुष जेठ ९ गते भारतको राजस्थानबाट आएर क्वारेन्टिनमा बसेका थिए।दुल्लु नगरपालिका-११

संविधान संशोधनको पक्षमा मतदान गर्न सांसदहरुलाई कांग्रेस केन्द्रीय समितिको निर्देशन

काठमाण्डौ १७ जेष्ठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न संसदहरुलाई निर्देशन दिएको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले संशोधनका पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समावेश गरी नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न

सोती घटनाको पोष्टमार्टम रिपोर्टः टाउको, हातखुट्टा र छातीमा चोट

प्रवीर ददेल, रुकुम तीन वर्षपहिले सुरु भएको प्रेमयात्रा  कै कारण रुकुम पश्चिमको चौरजहारीमा जेठ १० शनिवार घटेको घटनामा मारिएका ५ युवाको पोष्टमार्टम जाजरकोट अस्पतालमा गरिएको छ । पोष्टमार्टम रिपोर्टले उनीहरुको मृत्यु कुटपिटबाट भएको देखीएको चिकित्सकले वताएका छन । मृतक सबैको टाउको, अनुहारसहित शरीरका विभिन्न अंगमा चोट देखिएको इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरीक्षक धर्मसिंह बिष्टले जानकारी दिए। ‘मृतकहरुको टाउको, हातखुट्टा, छाती र पिठ्युँमा चोटपटक लागेको देखिन्छ, नदीमा बगे पनि उनीहरुको