अर्थतन्त्र

चीनको रेल र तेल: कति भयो काम ?

१४ कात्तिक, काठमाडौं । उच्चस्तरीय भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी ओली र चिनियाँ समकक्षी ली खछ्याङबीच ८ चैत ०७२ मा नेपाललाई सहयोग पुग्ने गरी व्यापार र पारवहनसम्बन्धी महत्वपूर्ण सम्झौता भए । तर, त्यसमा अझै ठोस प्रगति देखिँदैन । १० चैत ०७२ मा १५ बुँदे संयुक्त वक्तव्य जारी भएको थियो, जसमा व्यापार र पारवहनमा केन्द्रित विषयहरु समेटिएका थिए । तेलदेखि रेलसम्म संयुक्त वक्तव्यको आठ नम्बर बुँदामा चीनबाट नेपालतर्फ चाँडै व्यावसायिक इन्धन