खेलकुद

नेपालगन्ज म्याराथनलाई धारा तेल र शिखर प्लाईको निरन्तर साथ

नेपालगन्ज । धारा तेलको मुख्य प्रायोजन र शिखर प्लाईले सह प्रायोजन रहदै आएको नेपालगन्ज म्याराथनमा यसपटक पनी धारा तेल र शिखर प्लाईको निरन्तर साथ रहने भएको छ । धारा तेल र शिखर प्लाईको प्रायोजन निरन्तर रहने जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपालन्ज उपमहानगरपालिका मेयर प्रशान्त बिष्टले नेपालगन्ज म्याराथनलाई थप उचाइमा लैजान आफू प्रतिबद्ध रहेको बताएका छन् । नेपालकै पहिलो एम्स सर्टिफाइड म्याराथन बन्न सफल भएकोमा खुशी र गौरवको अनुभुति भएको

एम्सको क्यालेन्डरमा पहिलोपटक नेपालगञ्ज , लुम्बिनी र नेपाल शब्द देख्दा निकै खुशी लागेको छ : अध्यक्ष ठकुरी

नेपालगंज । नेपालगञ्ज म्याराथनको नाम बिहिवारदेखि विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)को अफिसियल क्यालेन्डरमा समावेश गरिएको छ । एम्सले बिहिवार सार्वजनिक गरेको २०२२ नोभेम्बरदेखि २०२४ फेब्रुअरीसम्मको क्यालेन्डर सार्वजनिक गर्ने क्रममा डिसेम्बर १० तारिख शनिबारका दिनहुने म्याराथनको सुचिमा नेपालगञ्ज म्याराथनलाई एम्सको वेभसाइटमा सम्बोधन गरेको हो । यसले संसारभरका धावक एवं पर्यटकलाई नेपाल आउने ढोका खोलिदिएको नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले बताए । ‘विश्वका धावक तथा

क्रिकेटर सन्दीपको मुद्दा हेर्दहेर्दैमा

काठमाडौं । नाबालिगमाथि बलात्कारको आरोपमा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको छ । लामिछानेविरुद्धको मुद्दाको थुनछेक बहस बिहीबार पनि नसकिएपछि लामिछानेको मुद्दा शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको हो । प्रतिवादी सन्दीपका तर्फबाट बिहीबार आठ अधिवक्ताले बहस गरेका छन् । कात्तिक १४ गते सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा मंगलबार बयान भएको थियो । बुधबारबाट जारी थुनछेक बहसमा बिहीबारसम्म चार सरकारी वकिल र

क्रिकेटर सन्दीपको बयान सकियो, बुधवारदेखि थुनछेक बहस

काठमाडौं । नाबालिका बलात्कार अभियोगमा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेको बयान सकिएको छ । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपसँग मंगलबार बयान लिएको हो । बयान सकिएकाले बुधबारबाट थुनछेक बहस शुरु हुने अदालतले जनाएको छ । सरकारी वकिलको कार्यालयले सन्दीपलाई १० देखि १२ वर्ष कैद र उचित क्षतिपूर्ति तिराउन माग गर्दै अदालतमा मुद्दा दर्ता गरेको थियो । भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्याएर बलात्कार गरेको आरोप लगाउँदै एक नाबालिकाले भदौ

नवौँ राष्ट्रिय खेलकुदका पदक विजेता खेलाडीलाई सम्मान

कञ्चनपुर । जिल्ला खेलकुद समिति कञ्चनपुरले गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता कञ्चनपुरका खेलाडीलाई सम्मानित गरेको छ । पदक विजेता ५७ खेलाडीलाई आज सम्मानित गरिएको हो । नवौं राष्ट्रियमा सुदूरपश्चिमको प्रतिनिधित्व गरेका विभिन्न खेलका पदक विजेता खेलाडीलाई सम्मानित गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुवेर खड्काले जानकारी दिए । उनीहरुलाई जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिका–४ का वडाध्यक्ष शुशील भट्ट, नेपाल बक्सिङ सङ्घका केन्द्रीय

विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र श्रीलङ्का भिड्दै

एजेन्सी । अष्ट्रेलियामा जारी टी ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगितामा आज घरेलु टोली र श्रीलङ्का भिड्दैछन् । खेल नेपाली समयअनुसार अपराह्न ४ः४५ बाट सुरु हुनेछ । अष्ट्रेलियाले पहिलो खेलमा न्युजिल्याण्डसँग हार व्यहोरेको थियो । श्रीलङ्कन टोलीले भने समूह चरणबाट सुपर १२ मा क्वालिफाइ हुँदै पहिलो खेलमा आयरल्याण्डलाई हराएको थियो । अंक तालिकामा पुछारमा रहेकाले अष्ट्रेलियालाई खेल जित्नैपर्ने दबाब छ । श्रीलङ्का अंक तालिकामा दोस्रो स्थानमा छ । उसलाई पनि आजको खेलमा

विश्वकपमा आज भारत र पाकिस्तान भिड्दै

एजेन्सी । अष्ट्रेलियामा जारी आईसिसी टी-२० विश्वकप क्रिकेटमा आज पाकिस्तान र भारत भिड्दै छन् । मेलबर्नमा हुने खेललाई मौसमले प्रभाव पार्नसक्ने मौसमविद्ले अनुमान गरेका छन् । खेल हुने समयमा ७०–८० प्रतिशतसम्म पानी पर्ने सम्भावना रहेको मौसमविद्ले पूर्वानुमान गरेका छन् । यदि वर्षाका कारण यो खेल रद्द भए अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले ९ अर्ब २९ करोड ६० लाख रूपैयाँ घाटा बेर्होनुपर्छ । विश्वकपमा भारत र पाकिस्तानबीच हुने खेलको टिकट बिक्री

दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा हुने

काठमाण्डौं । दशौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुने भएको छ । गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुदको समापनको पूर्वसन्ध्यामा बुधबार पोखराको होटल बाराहीमा बसेको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले दशौंको मिति र स्थान तय गरेको हो । बैठकमा सहभागी बागमती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारीले दशौं राष्ट्रिय खेलकुद २०८१ सालमा कर्णाली प्रदेशमा आयोजना हुने निर्णय भएको जानकारी दिए । उनले २०८१ मै हुने तर महिना भने

क्रिकेटर सन्दीपलाई आज पुन म्याद थपका लागी अदालत लगिदै

काठमाडौं । नाबालिक बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टीमका निलम्बित क्याप्टेन सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक म्याद थपको तयारी गरिएको छ । त्यसका लागि उनलाई आज बुधबार जिल्ला अदालत काठमाडौं लैजाने तयारी गरिएको छ । २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि यसअघि २४ असोज र २७ असोजमा अनुसन्धानका लागि म्याद थप गरिएको थियो । पछिल्लो पटक २७ असोजमा अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न

नवौँ राष्ट्रिय खेलकुद : ८८ स्वर्णसहित आर्मी शीर्ष स्थानमा

पोखरा । नेपाली खेलकुदको कुम्भमेला नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीले पदक तालिकामा फराकिलो अग्रता बनाएको छ । गण्डकी प्रदेशमा जारी खेलमा आर्मीले आज बिहानसम्म ८८ स्वर्ण, ५८ रजत र ३९ कास्यसहित १८५ पदक जितेर तालिकाको शीर्ष स्थानमा रहन सफल भएको हो । उसले अन्य टोलीलाई दोब्बरभन्दा बढीले पछि पारेको छ । नेपाल पुलिस क्लबले ३७ स्वर्ण, ३१ रजत र ४० कास्य गरी कूल एक सय आठ पदक