आर्मीकी जयरानीले तोडिन् आफ्नै कीर्तिमान
पोखरा । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले आफ्नै कीर्तिमान तोड्दै डबल स्वर्ण जित्न सफल भएकी छन् । यसअघि ४०० मिटर हर्डल्समा नयाँ कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् । सोमबार उनले एथ्लेटिक्सको महिलातर्फ १०० मिटर हर्डल्समा पनि स्वर्ण जितेकी हुन । जयरानीले दुईटै खेलमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जित्न सफल भएकी हुन् । पोखरा रंगशालामा भएको खेलको हिट चरणमा १५.१६ सेकेन्डको कीर्तिमान बनाएकी जयरानीले सोमबार बिहानै