खेलकुद

क्रिकेटर सन्दीप लामिछाने आज नेपाल आउँदै

काठमाण्डौं । क्रिकेटर सन्दीप लामिछाने बिहीबार नेपाल आउँदै छन् । उनले बिहान १० बजे कतार एयरवेजको विमानबाट नेपाल आउने जानकारी दिएका छन् । यसबारे प्रहरीलाई समेत जानकारी गराइसकेको उनको भनाइ छ । उनले यसअघि सामाजिक सञ्जालमार्फत आज नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध लड्ने बताएका थिए । उनले आफू निर्दोष रहेको र नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको समेत बताएका छन् । ‘ठूलो आशा र शक्तिका साथ, म यही अक्टोबर ६

बार्सिलोना शीर्षस्थानमा उक्लियो

एजेन्सी । रियल म्याड्रिडलाई पछि पार्दै क्याटलान क्लब बार्सिलोना कम्तीमा एक दिनको लागि स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । बार्सिलोनाले रियल मलोर्कालाई १–० ले पराजित गर्दै शीर्षस्थानमा उक्लन सफल भएको हो । बार्सिलोनाको जितमा पहिलो हाफमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले गरेको गोल नै निर्णायक बन्यो । उनले २०औं मिनेटमा अन्सु फातीको पासमा गोल गर्न सफल भएका थिए । मलोर्कामा शनिबार राति भएको खेलमा बार्सिलोनाले घरेलु टोलीविरुद्ध ७२ प्रतिशत बल

अन्जनको ह्याट्रिकले नेपाल विजयी

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशमाथि सहज जित निकालेको छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । नेपाल सहज जित दिलाउनको लागि अन्जन विष्टले ह्याट्रिक गरे । बंगलादेशका सजजाद हुसेनले एक गोल फर्काए । नेपालले पहिलो हाफमै तीन गोल गरको थियो भने बंगलादेशले दोस्रो हाफमा एक गोल फर्काएको थियो । १८औं मिनेटमा अञ्जानले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए

नेपालगन्ज म्याराथनलाई अन्तर्राष्ट्रिय मान्यता

नेपालगन्ज । नेपालगन्ज म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । विश्व एथ्लेटिक्सको सर्वोच्च निकाय वल्र्ड एथ्लेटिक्स अन्तर्गत एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड रोड रेश(एम्स)ले नेपालगन्ज म्याराथनलाई मान्यता दिएको हो । ‘बिहिवार राति मात्र एम्सको पत्र र प्रमाणपत्र प्राप्त भयो ।’ नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले भने–‘चार वटा विधाको अलगअलग प्रमाणपत्र पाएका छौं ।’ एम्सले पठाएको चार वटा प्रमाणपत्रमा म्याराथन ४२.१९५ किलोमिटर, हाफ म्याराथन २१.०९७ किलोमिटर, १० किलोमिटर र ५ किलोमिटर

पक्राउ पूर्जी जारी भएको एक साता बितिसक्दापनी पक्राउ परेनन सन्दीप

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएको एक साता बितिसक्यो ।  तर, पक्राउ परेका छैनन् । उनीमाथि नाबालिगलाई बलात्कार गरेको आरोप छ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिजमा रहेका बेला सन्दीपविरुद्ध नाबालिगलाई बलात्कारको गरेको आरोपसहित प्रहरीमा जाहेरी परेको थियो । त्यस लगत्तै प्रहरीले गत बिहीबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ गर्ने अनुमति लिएको थियो । सन्दीपलाई पक्राउ गरी अनुसन्धान गर्ने अनुमति पाए लगत्तै प्रहरीले जहाँ भेट्यो त्यही

कतारसँग नेपाल पराजित

काठमाडौं । बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोटमा नेपाली युथ टोलीले लगातार दोस्रो हार बेहोरेको छ । लगातार दोस्रो हार बेहोर्ने क्रममा नेपाल सोमबार राति भएको खेलमा कतारसँग ३–१ ले पराजित भएको हो । यसअघि नेपाल पहिलो खेलमा भुटानसँग २–० ले पराजित भएको थियो । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा बलियो कतारविरुद्ध नेपालले पहिलो हाफमै दुई गोल खाएको थियो । दोस्रो हाफमा एक गोल खाँदा नेपालले एक

श्रीलंकालाई आठ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि

काठमाडौं । श्रीलंकाले आठ वर्षपछि छैटौं एसिया कप तथा अन्तर्राष्ट्रिय उपाधि जितेको छ । फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंकाले २०१४ पछि एसिया कपको उपाधि जितेको हो । पाकिस्तानलाई २३ रनले पराजित गर्दै एसिया कप क्रिकेट २०२२ को उपाधि श्रीलंकाले जितेको छ । श्रीलंकाले छैटौं पटक एसिया कपको उपाधि जितेको हो । श्रीलंकाले यसअघि सन् २०१४ मा प्रतियोगिताको उपाधि जितेको थियो । श्रीलंकाले दिएको एक सय ७१ रनको लक्ष्य पछ्याएको

एएफसी यु-२० : भुटानसँग नेपाल पराजित

काठमाडौं । एएफसी यु-२० एसियन कपको छनोटअन्तर्गत पहिलो खेलमा नेपाल भुटानसँग २-० ले पराजित भएको छ । बहाराइनमा शनिबारदेखि सुरु भएको समूह बीको छनोटमा नेपालले अप्रत्यासित हार बेहोर्यो । शनिबार राति भएको खेलको ३३ औं मिनेटमा सोनामले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले पछि परेको नेपालले दोस्रो हाफको सुरुआतमै दोस्रो गोलकाे सामना गर्नुपरेकाे थियाे। ४७ औं मिनेटमा कर्मा टासीले गोल गर्दै भुटानको अग्रता दोब्बर पारेका

यु-१७ साफमा नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं । श्रीलंकाको कोलम्बोमा जारी साफ यु १७ च्याम्पियनसिपमा भुटानलाई २-१ ले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रव्रेश गरेकाे हाे । नेपालको जितमा युनिस बुढाथोकी र सिमान्त थापाले समान एक गोल गरे । भुटानका जितसुन दोर्जेले एक गोल गरे । समूह बी मा नेपाल र साविकको विजेता भारतको समान ३ अंक छ । दुवै टोलीले अन्तिम चारमा स्थान बनाएका छन् । शुक्रबार

कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको उजुरी परेको छ । एक किशोरीले उनीविरुद्ध मंगलबार काठमाडौं प्रहरीमा उजुरी दिएकी हुन् । बलात्कारको आरोपसहित काठमाडौं प्रहरीमा किटानी जाहेरी दिएको प्रहरीको उच्च स्रोतले जनाएको छ । सन्दीप आफैं भने हाल क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न सेन्ट लुसिया पुगेका छन् । त्यसअघि सन्दीपको कप्तानीमा राष्ट्रिय क्रिकेट टोली केन्या गएको थियो । घटना केन्या जानुअघि भएको बुझिएको छ । सन्दीपको कप्तानीमा नेपालमा केन्याविरुद्ध ५ टि