जिम्बाबेसंग खेल्ने नेपाली टोलीको घोषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बाबे विरुद्धको एकदिवसीय र टी–२० शृंखलाका लागि शुक्रवार २३ सदस्यीय टोली घोषणा गरेको छ । सुनिल धमला लामो समयपछि टोलीमा फर्केका छन् । त्यस्तै, विनोद भण्डारीले पनि टिममा पुनरागमन गरेका छन् । यू–१९ टोलीका अलराउण्डर बसिर अहमदले पहिलो पटक सिनियर टिममा स्थान बनाएका छन् । नेपाल र जिम्बाबे ‘ए’ टिमबीच तीन एक दिवसीय र तीन टी–२० खेल हुँदैछ । वैशाख १७ गतेदेखि एकदिवसीय