खेलकुद

फिफा वरियतामा नेपाल एक स्थान माथी उक्लियो

काठमाडौं : नेपालको पुरुष फुटबल टोली फिफा वरीयतामा एक स्थान माथि उक्लिएको छ ।विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार निकालेको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गर्दै १७४औं स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७५औं स्थानमा थियो । । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले बिहीबार जारी गरेको नयाँ वरियतामा नेपाल १ सय ७४ औं स्थानमा रहेको छ । यसअघिको वरियतामा नेपाल १ सय ७५ औं स्थानमा रहेको थियो ।

सन्दीपविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दामा आज(शनिवार) अन्तिम सुनुवाइ हुँदैछ । ‘फास्ट ट्र्याक’बाट मुद्दा सकाउन सर्वोच्च अदालतको आदेशपछि जिल्ला अदालत काठमाडौंमा आजलाई अन्तिम सुनुवाइको पेसी तोकिएको छ । शुक्रबारमात्रै सन्दीपविरुद्ध मुद्दा दायर गरेकी जाहेरवालीले अन्तरिम राहत माग गर्दै दिएको निवेदनमा अदालतले हालै राहत दिनुनपर्ने गरी फैसला गरेको थियो । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले मुद्दा अन्तिमतिर आइसकेकाले मुद्दाको टुंगो लाग्दा नै राहत तथा क्षतिपूर्ति दिने निर्णय

फ्रान्सको शानदार जीत

पेरिस । कप्तान केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि विश्व उपविजेता फ्रान्सले युरो छनोटमा सानदार जित दर्ता गरेको छ ।पार्क डेस प्रिन्सेसमा शुक्रबार राति भएको युरो २०२४ छनोट खेलमा एम्बाप्पेको दुई गोलको मद्दतले फ्रान्सले नेदरल्याण्डमाथि ४-० को शानदार जीत हासिल गरेको हो । एन्टोनी ग्रिजमानले खेलको दोस्रो मिनेटमा नै फ्रान्सलाई अग्रता दिलाएका थिए । छ मिनेटपछि डिफेन्डर डायोट उपामेकानोले टोलीको अग्रता दोब्बर बनाए । २१ औँ मिनेटमा एम्बाप्पेले फ्रान्सका

विराट गोल्ड कपको पुरस्कार राशिमा ५ लाख वृद्धि, विजेताले २० लाख पाउने

विराटनगर । चैत्र ९ गतेबाट सुरु हुने विराट गोल्ड कपको विजेताले यसपटक २० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ ।आयोजक विराट गोल्ड कप ट्रष्टले गत वर्षभन्दा पुरस्कार राशिमा ५ लाख वृद्धि गरेको हो । यसपटकको विजेताले २० लाख १५ हजार रुपैयाँ, उपविजेताले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले पत्रकार सम्मेलन गरी घोषणा गरेको छ ।यसैगरी विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई नगद २५ हजार रुपैया प्रदान गर्ने र हरेक

क्रिकेट खेलाडीलाई जनही ४ लाख दिइने

विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गर्न सफल राष्ट्रिय टीमका प्रतिखेलाडीलाई ४ लाख रुपैयाँ दिने घोषणा गरिएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली क्रिकेट टीमका प्रति खेलाडीलाई ३ लाख र वागमती प्रदेश सरकारले १ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । शुक्रबार बिहान बालुवाटार बोलाएर प्रधानमन्त्रीले खेलाडी, प्रशिक्षकसहित क्यानका पदाधिकारीलाई बधाई दिएका छन् । उनले ‘विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली

नेपालले गर्‍यो युएईलाई पराजित, विश्वकपमा भयो छनोट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले युएईलाई पराजित गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले युएईलाई डीएल पद्दतिको आधारमा २ रनले हराएको हो ।यस जितसँगै नेपाल जिम्बावेमा आयोजना हुने विश्वकप छनोटका लागि छनोट भएको छ । युएईले दिएको ३ सय ११ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहदा खराब प्रकाशको कारण खेल रोकिदा डीएलको आधारमा नतिजा तय गरिएको हो ।

आईसीसी विश्वकप लिग २ : पीएनजीविरुद्ध नेपालको कीर्तिमानी जित

आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत सोमबार भएको खेलमा पपुवा न्युगिनी(पीएनजी)माथि नेपालले कीर्तिमानी जित निकालेको छ । टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले पीएनजीलाई ९ विकेटले पराजित गरेको हो । जितका लागि पीएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले ७ ओभर ४ बलमा १ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ३३ रन र अर्का ओपनर आसिफ शेखले ५३ रन बनाए । कुशल मल्लले अविजित

नेपालको यूएईविरुद्ध सानदार जित

आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत अन्तिम त्रिदेशीय सिरिजमा नेपालले यूएईविरुद्ध सानदार जित निकालेको छ । आइतबार भएको खेलमा नेपालले यूएईलाई १७७ रनले पराजित गरेको हो । यूएईविरुद्ध फराकिलो रनको जित निकालेसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यतालाई जोगाएको छ । लिग टुमा चौथो स्थानमा उक्लिएसँगै नेपालले ओडीआई मान्यतालाई कायमै राख्न सफल भएको हो । यूएईविरुद्धको जितसँगै ३४ खेलबाट ३६ अंक बनाएको नेपाल लिग टुको चौथो स्थानमा उक्लियो । योसँगै नेपालको एकदिवसीय

नेपालगन्जमा नयाँ सुरुवात : 'आदर्श स्पोर्ट्स मेनिया २०७९' सुरु

नेपालगन्ज : नेपालगन्जमा ‘आदर्श स्पोर्ट्स मेनिया २०७९’ सुरु भएको छ। आदर्श माध्यमिक विद्यालय नेपालगन्जको अयोजनामा बिहीबारदेखि नेपालगन्जको रंगशालामा ‘आदर्श स्पोर्ट्स मेनिया २०७९’ सुरु गरिएको हो। विद्यालय स्तर अन्तर्गत खेल जगतमा नयाँ आयाम ल्याउने उद्देश्यले सुरु गरिएको ‘आदर्श स्पोर्ट्स मेनिया २०७९’मा १२ वटा खेलहरु सम्पन्न हुनेछन् । नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त विष्टले उद्घाटन समारोहलाई रिबन काटेर उद्घाटन गरेका थिए। उद्घाटनको दिन बिहिवार नेपालगन्ज रंगशालामा दौड र फुटबल , कभर्ड हलमा ब्याडमिन्टन

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा चेल्सी

एजेन्सी – इंग्लिस क्लब चेल्सी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । जर्मन क्लब बोरुसिया डर्टमुन्डमाथिदोस्रो लेगमा २–० को तथा समग्रमा २–१ को जित निकाल्दै चेल्सीले अन्तिम आठमा स्थान पक्का गरेको हो । पहिलो लेगमा चेल्सी १–० ले पराजित भएको थियो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको खेलमा चेल्सीको जितमारहिम स्टर्लिङ र काई हाभर्टजले गोल गरे । ४३औं मिनेटमा रहिमले गोल गर्दै चेल्सीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ५०औं मिनेटमा काई हाभर्टजले पेनाल्टी चुकाएपनि५३औं मिनेटमा रि पेनाल्टीमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । बेन चिलवेलले क्रस गरेको बलमा मारिअस वल्फबाट ह्यान्ड भएको भन्दै चेल्सीले जोडदार अपिल गरेपछि रेफ्रीले भिएआरको सहायतालिदै चेल्सीलाई पेनाल्टी प्रदान गरेको थियो । दुई गोलले पछि परेको डर्टमुन्डले त्यसपछि घरेलु टोलीमाथि बल पोसेसन राखेर दवाव बढाएपनि गोल गर्न नसक्दा अन्तिम १६ बाटैबाहिरिन पुग्यो ।