खेलकुद

मलेसियामाथि सानदार जितसँगै नेपाल विश्वकप नजिक

काठमाडौं । आईसीसी यू-१९ एसिया विश्वकप छनोटमा नेपालले लगातार चौथो जित निकालेको छ । आज (मंगलबार) यूएईको अजमानस्थित मलेक क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ राजेको मलेसियाले नेपाललाई ७३ रनको लक्ष्य दिएको थियो । नेपालले ९ ओभारमा कुनै पनि विकेट नगुमाई उक्त लक्षय पूरा गर्यो । नेपालका लागि दीपक बोहराले ३८ र अर्जुन कुमालले २१ रन बनाए । दीपकले २९

कुवेतमाथि नेपालको शानदार जित

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गत नेपालले कुवेतमाथि २४३ रनको शानदार जित हासिल गरेको छ । अर्जुन कुमाल र देव खनालले शतक तथा आकाश चन्दको ६ विकेट सहयोगमा नेपालले शानदार जित हात पारेको हो । युएईको मलेक क्रिकेट ग्रउन्डमा शनिबार भएको खेलमा नेपालले दिएको ३४४ रनको लक्ष्य पछ्याएको कुवेत ३०–५ ओभरमा १०० रनमा अलआउट भयो । कुवेतलाई १०० रनमा अलआउट गर्ने क्रममा आकाश चन्दको ६ विकेट लिए भने

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आज

काठमान्डौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आजका लागि तोकेको छ । लामिछानेले बिहीवार सर्वोच्चमा दायर गरेको मुद्दाको पेसी आजका लागि तोकिएको हो । नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने बिहीवार सर्वोच्च अदालत पुगेका थिए । धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिवन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिवन्धात्मक व्यवस्था हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् ।

नामिबियामाथि नेपालको सानदार जित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा तीन ब्याटरको उत्कृष्ट अर्धशतकमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियामाथि तीन विकेटको सानदार जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले नामिबियालाई तीन विकेटले पराजित गरेको हो । प्रतियोगिताको पहिलो खेलमा पनि नेपालले नामिबियालाई पराजित गरेको थियो भने दोस्रो खेलमा स्टकल्याण्डलाई हराएको थियो । नामिबियाले जितका लागि दिएको दुई सय ७५ रनको लक्ष्य नेपालले ४७ दशमलव तीन

सन्दिपको निलम्बन फुकुवा भएसंगै क्रिकेट मैदानमा फर्कने वाटो खुल्ला

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले नाबालिग बलात्कार आरोपमा थुनामा परेका पूर्वकप्तान सन्दीप लामिछानेमाथि गरेको निलम्बन फुकुवा गरेको छ । मंगलबार अबरेसम्म बसेको क्यानको बोर्ड बैठकले पुर्व कप्तान लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका सन्दीप केही दिन अघि मात्र उच्च अदालत पाटनको सर्तसहित धरौटीमा रिहा भएको केही समय पछि क्यानले उनी माथीको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । सो निर्णयसँगै लामिछानेलाई पुनः क्रिकेट

पब्जी विश्व च्याम्पियनसिपमा नेपाल दोस्रो

काठमाण्डौ । पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा २०२२ मा नेपाली टिम दोस्रो भएको छ। इन्डोनेसियामा भएको खेलमा नेपालको डीआरएस टिम टर्कीको एसटूजीसँग पराजित भएको हो। फाइनल चरणको खेलमा एसटूजीले १९० अंक जोड्यो भने नेपाली टिम डीआरएसले १५८ अंक मात्र जोड्यो। विजेता एसटुजीले ५ लाख ८४ हजार अमेरिकी डलर पाएका छन् भने उपविजेता डीआरएसले २ लाख ९२ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन्। फाइनल पुगेको नेपालकै अर्को टिम टिटुके भने १३

बङ्गलादेशसँग नेपाल पराजित

काठमाडौं । बङ्गलादेशमा आजदेखि सुरु भएको काभा यू–२३ पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल आयोजक बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशको राजधानी ढाकामा भएको उद्घाटन खेलमा नेपाल बङ्गलादेशसँग ०–३ को सोझो सेटमा पराजित भएको हो । बङ्गलादेशसँग नेपाल पहिलो सेटमा २४–२६ ले पराजित भयो भने दोस्रो सेटमा २२–२५ ले पराजित भयो । त्यसैगरी नेपालले तेस्रो तथा अन्तिम सेट २१–२५ ले गुमायो । च्याम्पियनशिपमा आयोजक बङ्गलादेशसँगै नेपाल, श्रीलङ्का र किर्गिस्तान गरी चार टोलीको

केलियन एम्बाप्पेलाई गोल्डेन बुट

काठमाडौं । कतारमा सम्पन्न भएको विश्वकप फुटबल २०२२ मा फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेले गोल्डेन बुट जितेका छन् । विश्वकप फुटबल प्रतियोगितामा सर्वाधिक गोलकर्ता बन्दै एमबाप्पेले गोल्डेन बुट अवार्ड जितेका हुन् । सबैभन्दा धेरै ८ गोल गरेका उनले गोल्डेन बुट पाए । उनले प्रतियोगिताका सात खेलमा आठ गोल गरेका थिए । उनले अर्जेन्टिनाका लियोनल मेस्सीलाई पछि पार्दै गोल्डेन बुट हात पारेका हुन् । अर्जेन्टिनाका लियोनल मेस्सीले सात खेलमा सात गोल गरेका

मेस्सी विश्वकपकै सर्वोत्कृष्ट

एजेन्सी । फिफा विश्वकप कतार २०२२ अन्तर्गत उपाधि विजेता अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल प्राप्त गरेका छन् । कप्तान मेस्सीले पहिलो पटक विश्वकप जित्ने क्रममा प्रतियोगिता अवधिभर सानदार प्रदर्शन गरेका थिए । अर्जेन्टिनाको उपाधि यात्रामा ७ गोल र ३ असिस्ट प्रदान गर्दै मेस्सीले गोल्डेन बल पाएका हुन् । फाइनलमा दुई गोल गरेका उनले प्रतियोगिताको हरेक चरणमा गोल गर्ने दुर्लभ उपलब्धि पनि हासिल गरे । मेस्सीले

अर्जेन्टिनालाई तेस्रो पटक विश्वकप उपाधि

काठमाडौँ । दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । निर्धारित ९० मिनेटको खेल २-२ र थप ३० मिनेटपछि खेल ३-३ को बराबरीमा सकिएपछि टाइब्रेकरमा ४-२ को जित दर्ता गर्दै अर्जेन्टिना तेस्रो पटक विश्वकप जित्न सफल भएको हो । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा दुई पटक उपाधि जितिसकेको छ । समूह चरणको पहिलो खेलमा साउदी अरेवियासँग पराजित भएकाे अर्जेन्टिनाले अन्तत विश्वपकप उपाधि