खेलकुद

दोस्रो पटक फ्रान्स विश्वकपको फाइनलमा

काठमाडौं । फ्रान्स लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ।साविक विजेता फ्रान्सले बुधबार अल बेयत रंगशाला कतारमा भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० ले हराउँदै उपाधि नजिक पुगेको हो। कतारको दोहास्थित अल बायत स्टेडियम आज भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो । फ्रान्सले खेलको पहिलो हाफमा एक गोल गर्यो भने खेलको दोस्रो हाफमा एक गोल थप्यो । फ्रान्सका थिओ हर्नान्डेज र रान्दल कोलो

अर्जेन्टिना विश्वकपको फाइनलमा

एजेन्सी । दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना फिफा विश्वकप कतार २०२२ को फाइनलमा प्रवेश गरेको छ । लुसेल रंगशालामा क्रोएसियामाथि ३-० को सहज जितका साथ अर्जेन्टिनाले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । फाइनलमा आइतबार अर्जेन्टिनाले फ्रान्स र मोरोक्कोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फ्रान्स र मोरोक्को  फाइनल प्रवेशका लागि बिहीबार राति पौने १ बजे प्रतिस्पर्धा गर्दैछन् । आजको जितमा मेसीका साथै जुलियन एकअर्काका लागि परिपुरक जस्तै बने । खेलको ३४ औं

देशभर चिसो बढ्यो, काठमाडौंको तापक्रम ५.७ डिग्री

काठमाडौं । देशभर चिसो बढेको छ । चिसो बढेसँगै तराईका केही भू–भागमा बिहान हुस्सु र कुहिरो लाग्ने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने छ । त्यसैले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । सोमबार (हिजो) यो वर्षकै सोमबारसम्म सबैभन्दा कम तापक्रम थियो । सोमबार बिहान पौने ९ बजेको तापक्रम ५.४ डिग्री सेल्सियस मापन गरिएको थियो । आज

विश्वकपमा आज अर्जेन्टिना र क्रोएसिया भिड्दै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप–२०२२ अन्तर्गत सेमिफाइनलको पहिलो खेल आज (सोमबार) हुँदैछ । लुसेइल स्टेडियममा हुने पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियाको सामना गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै क्रोएसिया लगतार दोस्रो संस्करणमा फाइनल पुग्ने योजनामा हुनेछ । सन् २०१८ को विश्वकपमा क्रोएसिया फाइनल खेलमा फ्रान्ससँग पराजित भएको थियो । यता अर्जेन्टिना सन् २०१४ पछि पहिलो पटक विश्वकपको

रोनाल्डो रुँदै विश्वकपबाट बिदा भए

एजेन्सी । फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा मोरक्कोले पोर्चुगललाई हराएसँगै स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको विश्वकप जित्ने अन्तिम सम्भावना समाप्त भएको छ । विश्व फुटबलमा जित्न बाँकी एकमात्र उपाधिको रुपमा रहेको विश्वकप जित्ने लक्ष्य राखेका रोनाल्डो त्यसमा सफल हुन सकेनन् । शनिबार सम्पन्न प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा रोनाल्डो बेन्चमा रहेर खेलको सुरुवात गरेका थिए । पहिलो हाफमै पोर्चुगल १-० ले पछि परेसँगै प्रशिक्षक फर्नान्डो सान्तोसले दोस्रो हाफ सुरु भएको केहीबेरमा रोनाल्डोलाई

इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

एजेन्सी । फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै  फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको हो । कतारको अल बायत रंगशालामा सम्पन्न क्वार्टरफाइनल खेलमा फ्रान्सले खेलको १७ औं मिनेटमा अग्रता लियो भने पेनाल्टीमार्फत गोल गर्दै इङ्ग्ल्यान्डले ५४ औं मिनेटमा बराबरी गोल फर्कायो । तर, खेलको ७८ औं मिनेटमा फ्रान्सले अर्को गोल थप्यो भने त्यसपछि दुबै पक्षबाट थप गोल हुन नसकेपछि खेल फ्रान्सको पक्षमा हुन पुग्यो । खेलको

ब्राजिलका प्रशिक्षक टिटेद्धारा पद छाड्ने घोषणा

एजेन्सी । फिफा विश्वकप कतार २०२२ अन्तर्गत क्वाटरफाइनलमा क्रोएसियासँग हारेपछि ब्राजिलका प्रशिक्षक टिटेले पद छाड्ने घोषणा गरेका छन् । प्रतियोगिता सुरु हुनुअघि नै प्रशिक्षकले जस्तोसुकै नतिजा आएपनि आफू जिम्मेवारीमा नरहने बताएका थिए । ६१ वर्षीय प्रशिक्षक पछिल्लो ६ वर्षदेखि राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालिरहेका थिए । उनले सन् २०१९ मा कोपा अमेरिका उपाधि दिलाएपनि विश्वकपमा क्वाटरफाइनल चरण पार गर्न सकेनन् । ‘यो निकै कठिन निर्णय हो,’ क्रोएसियाविरुद्ध हारपछि टिटेले भने, ‘एउटा

ब्राजिललाई स्तब्ध पार्दै क्रोएसिया सेमिफाइनलमा

एजेन्सी । क्रोएसियाले फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । टाइब्रेकरमा ब्राजिललाई ४-२ ले स्तब्ध पार्दै क्रोएसिया लगातार दोस्रो पटक टाइब्रेकरमा जित हासिल गर्न सफल भयो । एजुकेसन सिटी रंगशालामा शुक्रबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका लागि निकै संघर्ष गर्नुपर्यो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । अतिरिक्त समयमा ब्राजिलले अग्रता लिएपनि क्रोएसियाले खेल १-१ को बराबरी

अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा प्रवेश

एजेन्सी । नेदरल्याड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना जारी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । हारसँगै नेदरल्याड्स क्वार्टरफानलबाटै घर फर्किन बाध्य भएको छ । निकै प्रतिस्पर्धात्मक र तनावपूर्णसमेत बनेको खेलमा अर्जेन्टिनाले नेदरल्याड्सलाई पेनाल्टीमा ४–३ गोल अन्तरले पाखा लगाएको हो । शनिबार बिहान कतारस्थित लुसाइल रंगशालामा भएको खेलमा अर्जेन्टिनाका लागि मोलिनाले खेलको ३५ औं मिनेटमा पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । यसैगरी खेलको ७३ औं मिनेटमा मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै

विश्वकपमा आज क्वाटरफाइनलका दुई खेल

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा आजदेखि क्वाटरफाइनलका खेलहरु शुरु हुनेछ । आज (शुक्रबार) क्वाटरफाइनलका दुई खेलमा प्रतिस्पर्धा हुनेछ । आज पहिलो र दोस्रो क्वाटरफाइनल खेल हुनेछ । पहिलो क्वाटरफाइनल क्रोएसिया र ब्राजिलबीच राति पौने ९ बजे सुरु हुनेछ । यो खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ । यस्तै मध्यराति पौने १ बजे सुरु हुने दोस्रो क्वाटरफाइनलमा नेदरल्याण्ड्स र अर्जेन्टिना आमने-सामने हुनेछन् । यो खेल लुसेल आइकोनिक स्टेडियममा हुनेछ