जीवनशैली

प्युठानमा चोर समात्नेलाई १० हजार रुपैयाँ पुरस्कारको घोषणा

प्युठान । प्यूठानको गौमुखी गाउँपालिकाले चोर समात्नेलाई १० हजार रुपैयाँ पुरस्कारको घोषणा गरेको छ । प्यूठानका विभिन्न ठाउँमा पछिल्लो समय पेशेवर लुटेराकै शैलीमा चोरी र लुटपाटका घटना बढेको भन्दै गाउँपालिकाले एक सूचना निकालेर चोरीमा संलग्न व्यक्तिको पहिचान गर्ने वा पक्राउ गर्न सहयोग गर्ने व्यक्तिलाई १० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । गाउँमा कुनै शंकास्पद व्यक्ति फेला परेमा प्रहरीलाई वा वडाध्यक्षहरुलाई खबर गर्न पनि गाउँपालिकाले आग्रह गरेको छ ।

पोखरा विमान दुर्घटना : ६० जनाको शव परिवारलाई बुझाइयो

काठमाडौं । पोखरामा विमान दुर्घटनामा मृत्यु भएका यात्रुमध्ये ६० यात्रुको शव सम्बन्धित परिवारलाई बुझाइएको छ । यती एयरलाइन्सले सोमबार एक विज्ञप्ति जारी गरी दुर्घटनामा मृत्यु भएका ७० शवमध्ये ६० जनाको शव परीक्षण गरेर सम्बन्धित परिवारलाई बुझाइएको बताएको छ ।

सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

सुर्खेत । आइतवार बिहान साढे २ बजे छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको बा.प्र.०१०२६ च ९२१३ नं.को डबल क्याप हाइलेक्स गाडी वीरेन्द्रनगर-११ झुप्राखोलास्थित रत्नराजमार्गमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् मृत्यु हुनेमा गाडी चालक वीरेन्द्रनगर- ७ का २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका-५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका-५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका-३ का ३६ वर्षीय राजेन्द्र

नारायणगढ–मुग्लिन सडक थप ३० दिन वन्द हुने

काठमडौं । नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ । दिउँसोको समयमा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो । गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो । यही माघ ५ गतेबाट भने दिउँसो १२ बजे देखि ४ बजे सम्म थप ३० बन्द गर्न लागिएको हो । जिल्ला प्रशासन

मनहरिमा स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु

मकवानपुर । मकवानपुरको मनहरिमा गए राति स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरि गाउँपालिका–८ सिमपानीका ३२ वर्षीय धर्मराज मोक्तान, ३० वर्षीय मिलन मोक्तान र राक्सिराङ गाउँपालिका–३ लावतीका ३२ वर्षीय रुपेश तामाङ रहेका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरि गाउँपालिका–९ ज्यामिरे भलादमीचोकमा ना३९प १४३९ नंको स्कुटर दुर्घटना हुँदा तीनै जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते उनीहरूको चितवनको पुरानो मेडिकल

ट्रकको ठक्करबाट नेपालगञ्जमा एक जनाको मृत्यु

नेपालगंज । शनिबार दिउसो ट्रकको ठक्करबाट नेपालगञ्जमा एक जनाको मृत्यु भएको छ । नेपालगञ्जको न्युरोडस्थित भानुभक्त चोकमा ना ७ ख १७ नम्बरको ट्रकले ठक्कर दिँदा साइकल यात्री दैलेख नारायण नगरपालिका वडा नं. ५ का रत्नबहादुर दर्लामीको मृत्यु भएको प्रहरीले बताएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दर्लामीको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । ट्रक भने प्रहरी नियन्त्रणमा रहेको छ ।

जिपसँग मोटरसाइकलमा ठोक्किँदा रौतहटमा सवार २ जनाको मृत्यु

रौतहट । रौतहटमा शनिबार साँझ जिपसँग ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । गौर चन्द्रपुर सडकखण्ड अन्तर्गत माधवनारायण नगरपालिका–३ सखुअवामा ना १ ज ६७४९ नम्बरको म्याजिक जिप र बा ३९ प ८८६५ को नम्बरको मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा माधवनारायण–२ का ६५ वर्षका परमात्मा प्रसाद साह र सोही पालिकाका वडा नं. २ का ६५ वर्षका गौकरण यादव रहेको प्रहरीले जनाएको छ

देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनस ५.४ डिग्री

काठमाडौं । जम्मु कस्मिरमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ । आज (बुधबार) बिहान पहाडी भेगमा बदली छ भने तराईमा हुस्सु लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । बिहीबार प्रदेश १ र गण्डकीमा आंशिक बदलीको आकलन महाशाखाले गरेको छ । त्यसबाहेक बिहानको समयमा तराई भूभागका केही स्थानमा हुस्सु लाग्ने गरेको छ । तर मध्यान्नपछि क्रमिक रुपमा

जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु

भरतपुर । चितवनमा जङ्गली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका–२८ अन्द्रौलीका ७१ वर्षीय भागिरथी सुवेदी मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सुवेदीलाई निकुञ्जबाट निस्केको हात्तीले शनिबार साँझ घर क्षेत्रमै आक्रमण गरेको थियो । आक्रमणबाट घाइते भएकी सुवेदीलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । साउनयता निकुञ्ज र आसपासको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । यसअघि माडीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको

काभ्रेको बेथानचोकमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु

काभ्रे । काभ्रेको बेथानचोकमा बस दुर्घटना भएको छ । प्रहरीका अनुसार बेथानचोकमा भान्जाको व्रतबन्धमा सामेल भएर पनौती फर्कने क्रममा बा ३ ख ४५८५ नम्बरको बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । जिल्लाका अनुसार ३ जनाको घटनास्थलमा र १४ जनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । व्रतबन्धबाट रिजर्भ गरेर पनौती फर्किने क्रममा अनियन्त्रित भई पल्टिएको हो ।