जीवनशैली

एकीकृत समाजवादीद्वारा निर्वाचन परिचालन समिति गठन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले अध्यक्ष माधवकुमार नेपालको संयोजकमा २ हजार ५०१ सदस्यीय निर्वाचन परिचालन समिति बनाएको छ । समितिमा केन्द्रीय कमिटी, केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय जेष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय परिषद्का पदाधिकारी एवं सदस्य र पार्टीका प्रदेश कमिटीका पदाधिकारी एवं जनवर्गीय संगठनका पदाधिकारी रहेका छन् । महासचिव बेदुराम भुसालको संयोजकत्वमा २२ सदस्यीय निर्वाचन परिचालन केन्द्रीय सचिवालय समेत गठन गर्ने निर्णय भएको नेकपा एसले बताएको छ । सचिवालयले निर्वाचन

बझाङ जीप दुर्घटनामा मृत्यु हुने चारको पहिचान खुल्यो

बझाङ । बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा मृत्यु हुने चार जनाको पहिचान खुलेको छ । दुर्घटनामा मष्टा गाउँपालिका–२ खेतकोटका १३ वर्षीया सम्झना खड्का, सोही ठाउँका २५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया वसन्ती धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए । उनका अनुसार अन्य मृतक र घाइतेको पहिचान खुलेको छैन । बझाङको सदरमुकाम चैनपुर नजिक रहेको डुङ्ग्री बजारबाट

पहिरोमा पुरिएर जुम्लामा पाँच जनाको मृत्यु

जुम्ला । अविरल वर्षापछिको पहिरोमा पुरिएर जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पाँच जनाको मृत्यु भएको छ । पहिरोमा दुई जना बेपत्ता भएको र  दुई जनाको जिवितै उद्धार गरिएको  प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरी जानकारी दिए । बुधबारदेखि जारी अबिरल वर्षाका कारण जिल्लका प्रमुख राजमार्ग र ग्रामिण सडकहरू अवरुद्ध भएका छन् । जसका कारण यात्रुहरूको बिचल्ली भइरहेको छ ।

बाढीका कारण डुडुवा गाउँपालिकाका ७५ घरपरिवारलाई स्थान्तरण

नेपालगंज । अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका-१ को चौफेरी गाउँका ७५ घरपरिवारलाई स्थान्तरण गरिएको छ । वर्षाले नदीमा आएको बाढीले गाउँ पूरै डुबानमा परेर घरभित्रसमेत पानी पसेपछि गाउँ नजिकै रहेको आश्रयस्थलमा सारिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । उनका अनुसार बाढीले गाउँ नै डुबानमा परेपछि रेडक्रसकर्मी, प्रहरीसहितको टोलीले स्थानीयवासीलाई उद्धार गरी आश्रयस्थलमा राखेको हो । अधिकृत ज्ञवालीले भने, ‘चौफेरी

बारामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

बारा । बारामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । बिहीबार बिहान भएको उक्त दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेमध्ये हेटौंडा अस्पतालमा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा थप १–१ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्सपेक्टर बलराम श्रेष्ठले जानकारी दिए । मृत्यु हुनेमा ८ पुरुष र ६ महिला छन् । उनीहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले

हेटौंडा बस दुर्घटना: २ जनाको मृत्यु, ३७ घाइते

हेटौडा । हेटौंडाको चुरियामाईमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पुर्व–पश्चिम सडक खण्डमा  अन्तर्गत पर्ने हेटौडा उपमहानगरपालिका वडा नम्बर–१५ चुरियामाईमा बस अनियन्त्रित भई पल्टिदा २ जनाको मृत्यु भएको हो भने अन्य ३७ जना घाइते भएका छन् । मृत्यु हुनेमा झापाको दमक–५ मोडेल क्याम्पस नजिक बस्ने ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ बेलबारी नगरपालिका–८ बस्ने ५१ वर्षीया कल्पना राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी

नेपाली युवकले दुबइमा जिते ३४ करोडको चिठ्ठा

काठमाडौं । दुबइमा कार्यरत एक नेपाली युवाले ३४ करोड रुपैयाँ बराबरको चिठ्ठा जितेका छन् । भरत नामक नेपाली युवाले अहिलेसम्मकै ठूलो चिठ्ठा जितेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । महजुज नामक साप्ताहिक राफल ड्रमा उनले एक करोड दिराम जितेका हुन् । भरत त्यहाँ मासिक करिब ४२ हजार रुपैयाँको कार धुने जागिर खान्थे । बुधबार उनलाई एक करोड दिरामको नमुना चेक हस्तान्तरण गरिएको गल्फन्यूजले जनाएको छ ।

पहिरोले पुरिंएर अछाममा ४ जनाको मृत्यु, ७ जना बेपत्ता

धनगढी । तीन दिनदेखि परेको अविरल वर्षाका कारण अछामका विभिन्न स्थानमा पहिरो गरएको छ । पहिरोले घर पुरिंदा ४ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् । जिल्लाको तुर्माखाद गाउँपालिका–५ काँडामा पहिरोले दुई वटा घर बगाएको प्रहरीले जनाएको छ । तुर्माखाँदमै पहिरोले पुरिएर मृत्यु भएका चार जनाको शव फेला परेको जिल्ला प्रहरी प्रमुख डीएसपी नारायण डाँगीले जानकारी दिए । सात जना अझै बेपत्ता रहेको डीएसपी डाँगीले बताए

पहिरोले घर पुरिँदा काभ्रेमा एकै परिवारका ३ जनाको मृत्यु

काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलालमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान ३ बजे घरमाथिबाट आएको पहिरोले स्थानीय लालजुङ तामाङकोघर पुरिँदा ६५ वर्षीया तामाङसहित उनका छोरा ४४ वर्षीय निरबहादुर तमाङ र छोरी ४० वर्षीया छोरी सावित्रीको मृत्यु भएको हो। निर बहादुर र सावित्रीको घटना स्थलमा नै मृत्यु भएको थियो भने ठुलीमायाको उपचारका क्रममा मृत्यु भएको थियो । राति सुतिरेहका

बाघको आक्रमणबाट माडीमा ६८ वर्षिय सुर्यनाथको मृत्यु

चितवन । भैंसी चराउन गएका माडी नगरपालिका-२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको छ । शनिबार स्थानीय मध्यवर्ती सामूदायिक वन अमलियामा भैंसी चराउन गई घर फर्किएका अधिकारीलाई बाटोमा बाघले आक्रमण गरेको हो । आइतबार बिहान साढे ८ बजे बाघले खाएको जस्तो अवस्थामा अधिकारीको शवलाई जंगलमा फेला पारेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । शनिबार करिब १ बजेको समयमा सूर्यनाथ अधिकारी र उनको छोरा