मधेस प्रदेश समन्वय परिषद कतारद्वारा वृहत् ईफतार कार्यक्रम सम्पन्न
दर्शन सुनार/कतार : मधेश प्रदेश समन्वय परिषद कतारले वृहत् ईफतार कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान पर्वको अवसरमा मधेश प्रदेश समन्वय परिषद कतारले शुक्रबार सनैयामा अवस्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै वृहत ईफतार कार्यक्रमसहित रमजान करिम कार्यक्रम सम्पन्न गरेको हो । मधेश प्रदेश समन्वय परिषद कतारका अध्यक्ष नियाज शेखको सभापतित्व तथा नेपाली राजदूतावास कतारका महामहिम डा. नरेश विक्रम ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न