भारतीय कलाकार सतीश कौशिकको निधन
निर्देशक तथा कलाकार सतीश कौशिकको निधन भएको छ । उनको बिहिबार बिहान साढे १ बजे अस्पतालमा निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । उनको निधन हृदयघातका कारण भएको हो । दिल्लीको एक पारिवारिक कार्यक्रममा सहभागी हुन पुगेका सतीशको राती स्वास्थ्य अवस्था बिग्रिएको थियो । अस्पताल पुर्याए लगतै उनलाई डाक्टरले मृत घोषित गरेका थिए । उनको शवलाई दिल्लीको दीनदयाल अस्पतालमा राखिएको छ । ६६ सालको उमेरमा बलिउडका चर्चित कलाकार सतीशको निधन