राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आजै वस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक सोमबार दिउँसो २ बजेका लागि डाकिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । बैठकमा समसामयिक विषयमा छलफल हुने उनले बताए । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउँदै आए पनि हालसम्म लिएको छैन । प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले नयाँ सरकारको विषयमा निर्णय नगर्दा अन्योल भएको माओवादी नेताहरु बताउँछन् ।

काँग्रेसले नेतृत्व गर्नुपर्ने परिस्थिति बनेमा पछि हट्दैन : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकारमा निहुँ खोजेर केही नलाग्ने बताएका छन् । नेकपा माओवादीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नगरेसम्म यो सरकार बहुमतकै भएको उनको भनाइ छ । आइतबार आफ्नो निवास बुढानिलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति ‘नेपाली जन जातीय संस्कार र संस्कृति’को लाकोर्पण गदैैै सभापति देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको समेत बताए । उनले भने, ‘मलाई प्रधानमन्त्री पदमा लालायित छैन । तर, नेपाली काँग्रेसले

गृहमन्त्री पदबाट बर्खास्त वादलको आजै पुनर्नियुक्ति हुदै

काठमाडौं । राष्ट्रियसभा सदस्यबाट बर्खास्त भएपछि गृहमन्त्रीबाट पदमुक्त भएका रामबहादुर थापा ‘बादल’लाई प्रधानमन्त्री केपी शर्मा ओलीले आजै गृहमन्त्रीमै पुनर्नियुक्ति गर्दैछन् । उनलाई आजै साँझ ५ बजे सपथग्रहण गराउने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ । नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका बादल एमालेमा लागेपछि पार्टीले कारबाही गरी पदमुक्त गरेको थियो । माओवादीको लिखित पत्र पाएपछि संसद सचिवालयले आइीतबार विहान बादलको पदमुक्त भएको सूचना जारी गरेको थियो ।

थापाको सांसद पद खारेज, गृहमन्त्रीबाट स्वत: पदमुक्त

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सांसद पदबाट बर्खास्त भएका छन् । नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले (ओली समूह)मा प्रवेश गरेका कारण पार्टीले उनलाई कारबाही गरेपछि राष्ट्रियसभा सदस्य पद खारेज भएको हो । माओवादी केन्द्रले गत चैत २७ गते थापालाई कारबाही गरिएको जानकारी गराएपछि राष्ट्रिय सभा सचिवालयले आइतबार सूचना जारी गर्दै थापाको पद खारेज भएको जानकारी दिएको हो । सांसद पद खारेज भएसँगै थापा मन्त्रीबाट पनि पदमुक्त भएका

बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा प्रचण्ड नजाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाएको सर्वदलीय बैठकमा सरकारलाई समर्थन कायमै राखेको नेकपा माओवादी केन्द्र सहभागी नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा अध्यक्ष प्रचण्ड सहभागी नहुने उनको सचिवालयले जनाएको छ । ओलीले शुक्रवार प्रचण्डलाई टेलिफोन गरेर सर्वदलीय बैठकमा बोलाएका थिए । प्रतिनिधिसभामा सहभागी सबै दलका शीर्ष नेतालाई बैठकमा बोलाइएको छ । समसामयिक विषयमा छलफल गर्न आयोजित बैठकमा प्रचण्ड सहभागी नहुने बताइएको छ । कांग्रेस

कोटेश्वरमा प्रचण्ड र नेपाल समुहको छुट्टै छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ । स्रोतका अनुसार माधम नेपाल विहान झापाबाट फर्किए लगत्तै कोटेश्वरको खरिबोट नजिक चन्द्रलाल श्रेष्ठको घरमा दुई नेताबीच छलफल भएको हो । छलफलमा माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका थिए । प्रधानमन्त्रीले आज बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेका प्रचण्डले एमालेबाट निलम्बित नेता नेपालसँग भेट गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । दृष्टि

सरकारलाई दिएको समर्थन तीन दिन भित्र फिर्ता लिन्छौ : प्रवक्ता श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । माओवादी केन्द्रले नयाँ सरकार गठन प्रक्रियालाई सहज बनाउनका लागि सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाएको हो । इमेज टेलिभिजनको कार्यक्रम हटसिटमा बोल्दै माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारलाई हाल कुनै पनि समर्थन नदिएको र व्याहवारिक रूपमा दिइएको समर्थन पनि तीन दिन भित्र फिर्ता लिने तयारी अघि बढाएको बताए । यस्तै, उनले नयाँ सरकारको विषयमा जनता समाजवादी पार्टीको आधिकारिक

केही दिनभित्रै सरकारलाई समर्थन गर्ने जासपा को तयारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने भएको छ । बिहीबार बालुवाटारमा बसेको एमाले र जसपा कार्यदलको बैठकमा जसपाले दुई तीन दिन भित्रै सरकारलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको हो । कार्यदलको छलफलमा सरकारको तर्फबाट मुद्दा फिर्ता र बन्दी रिहाइको सम्बन्धमा गरिरहेको कार्यको बारेमा ब्रिफिङ’ भएको थियो । जसपा नेपालले चैत २६ गते २०८ जना नेता तथा कार्यकर्ता रिहाइका लागि गृहमन्त्रालयमा बुझाएको फाइलको बारेमा छलफल भएको

म्यानमार नेतृ सुचीलाई ६ मुद्दा सहित फौजदारी अभियोग लगाइयो

काठमाडौं । सेनाको नियन्त्रणमा रहेकी म्यानमारकी नेतृ आङ सान सुचीलाई नयाँ फौजदारी अभियोग लगाइएको छ । उनकी वकिल मीन मीन सोले एएफपीलाई दिएको जानकारी अनुसार उनमाथि ६ वटा मुद्दा लगाइएको छ ।   न्यापिटअमा पाँच र याङ्गुमा एउटा मुद्दा लगाइएको एएफपीले जनाएको छ । म्यानमारको उत्तरपूर्वी बगो सहरमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनमा सेनाले प्रत्यक्ष बल प्रयोग गर्दा आइतबार मात्र कम्तिमा ८० जनाको मृत्यु भएकोछ । म्यान्मारमा गत माघ १९ मा

ज्यान मुद्दाका रेशम चौधरीलाई सजाय माफी गर्ने सरकारले तयारी

काठमाडौं । ज्यान मुद्दामा अदालतबाट जन्मकैद ठहर भएका रेशमलाल चौधरीको सजाय माफीका लागि सरकारले प्रक्रिया अगाडि बढाएको छ । जनता समाजवादी पार्टीले निवेदन दिएपछि सरकारले कैद सजाय माफी दिने प्रक्रिया अघि बढाएको हो । कर्तव्य ज्यान मुद्दामा चौधरीलगायतलाई जिल्ला अदालत कैलालीले जन्मकैद ठहर गरेको थियो । उच्च अदालत दिपायलले समेत जिल्ला अदालतको फैसला सदर गरेको थियो । चौधरी २०७४ फागुन १४ देखि अनुसन्धानका लागि थुनामा छन् । अदालतको फैसला अनुसार