राज्यमन्त्री बिमला बिकद्धारा पदभार ग्रहण
काठमाडौँ । नवनियुक्त उद्योग वाणिज्य तथा आपुर्ती राज्यमन्त्री बिमला बिकले आज पद बहाली गर्नु भएको छ । पद बहाली गर्दै राज्यमन्त्री बिकले राज्यको विकास र समृद्धिको पक्षमा सधै सकारात्मक परिणाम आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । उहाले भन्नुभयो , “ नियमबिपरित कुनै पनि कामका लागि म भन्दैन तर नियम सङ्गत र ब्यबहारिकताले मिल्ने र जनताले अनुभुती हुने गरी काम गर्ने कुरामा मलाई पेल्यो नभन्नु होला ।”