राजनीति

कांग्रेस नेता चन्द्र भण्डारी आज स्वदेश फर्किँदै

काठमाडौं । सांसद चन्द्रकान्त भण्डारी आज स्वदेश फर्कदैछन् । गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक हुदाँ आगालागीमा परी गम्भीर घाइते भण्डारी झन्डै तीन महिनाको स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लागेका हुन् ।  भण्डारी आज दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत उनी स्वदेश फर्कन लागेका कांग्रेस नेता माधव न्यौपानेले जानकारी दिए । उनी साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अबतरण गर्नेछन् ।  नेपाली कांग्रेसका नेतासमेत रहेका प्रतिनिधिसभा सदस्य

उपेन्द्र,रवि र स्वर्णिमले आज शपथ लिँदै

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । यही वैशाख १० गते भएको उपनिर्वाचनबाट निर्वाचित सांसदहरूले शपथ लिन लागेका हुन् । बारा क्षेत्र नम्बर–२ बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तनहुँ–१ बाट निर्वाचित रास्वपाकै डा. स्वर्णिम वाग्लेले शपथ लिने कार्यक्रम तय छ । उनीहरूको शपथग्रहण आज बिहान साढे ११ बजे सिंहदरबारस्थित

गण्डकी र लुम्बिनीका नवनियुक्त मुख्यमन्त्रीको शपथ आज

कामाठाडौं । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । बिहीबार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे र लुम्बिनीको मुख्यमन्त्रीमा नेपाली कांग्रेसकै डिल्लीबहादुर चौधरी नियुक्त भएका थिए ।  गण्डकीका मुख्यमन्त्री पाण्डेले मध्यान्ह सवा १२ बजे प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष र लुम्बिनीका मुख्यमन्त्री चौधरीले बिहान साढे ११ बजे अमिक शेरचनसँग सपथ लिने कार्यक्रम तय भएकाे दुबै प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । ६०

लुम्बिनीमा मुख्यमन्त्रीका लागि कांग्रेसका डिल्ली चौधरीको दाबी पेस

बुटवल । नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनसमक्ष आठ दलीय गठबन्धनको तर्फबाट चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । दाङ क्षेत्र नम्बर ३ (१) प्रदेश सभा सदस्य चुनिएका चौधरीले नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी लगायतको समर्थनमा दाबी पेस गरेका छन् । चौधरीलाई ५३ सांसदको समर्थनसहितको हस्ताक्षर बुझाएको नेपाली कांग्रेस प्रदेश सभा

लुम्बिनी सरकारका लागि आज दावी पेश गरिदैँ

दाङ । लुम्बिनी प्रदेशमा आज नयाँ सरकारका लागि दावी पेश गरिदैछ ।मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसके पछि रिक्त हुन पुगेको लुम्बिनी सरकारको नेतृत्वका लागि आज दावी पेश गर्न लागेको हो । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुईभन्दा बढी दलको समर्थनमा हस्ताक्षर सहितको स्पष्ट बहुमत देखिने आधारसहित वैशाख १४ गते बिहीवार ४ बजेभित्र दाबी पेश गर्न आह्वान गरेका छन् । प्रदेशप्रमुख शेरचनले मंगलवार

गठबन्धनले मुलुकलाई धराशायी बनाइरहेको छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सत्ता गठबन्धनले मुलुकलाई धराशायी बनाइरहेको आरोप लगाएका छन् । मनमोहन अधिकारीको २४ औं स्मृति दिवसको अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनले देश धराशायी बनाउने गरी गलत दिशातर्फ लगिरहेको आरोप लगाएका हुन् । उनले भने, ‘एउटा सिद्धान्तविहीन, उद्देश्यविहीन र लोकतन्त्र मूल्य मान्यताविपरीत गठबन्धन खडा गरिएको छ । जुन गठबन्धन मुलुकलाई धराशायी बनाउने गलत दिशातर्फ लैजाने काम गरिरहेको छ ।’

बारा-२ मा ३१ उम्मेदवारको जमानत जफत

काठमाडौं । निर्वाचन आयोगले बारा निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलसहित ३१ उम्मेदवारको जमानत जफत भएको छ । आयोगले प्रतिनिधिसभा सदस्यका लागि आइतबार सम्पन्न भएको उपनिर्वाचनमा १० प्रतिशत मत नकटाउने उम्मेदवारको जमानत जफत गरेको हो । निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ। आइतबार भएको उपनिर्वाचनको आज बिहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार खरेलले २ हजार ८२९ मत

वामदेव गौतमविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाइएको विरोधमा दायर गरिएको रिट निवेदनमाथि आज सुनुवाइ हुने भएको छ । अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका गौतमलाई राष्ट्रिय सभा सदस्य बनाएको विरोधमा परेको रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुदैछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रिराज भट्टले दायर गरेको छुट्टाछुट्टै रिट निवेदनमाथि आज सुनुवाइ हुन लागेको हो । प्रतिनिधि सभामा पराजित गौतम २०७७

मतगणना नसकिँदै कांग्रेसका जितनारायणले हार स्वीकार गरे

काठमाडौं । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार रवि लामिछानेसँग प्रतिस्पर्धामा उत्रिएका नेपाली कांग्रेसका उमेदवार जितनारायण श्रेष्ठले हार स्वीकार गरेका छन् ।  करिव २० हजार मतगणना बाँकी रहँदै मतान्तरले रविले जित सुनिश्चित गरिसकेपछि श्रेष्ठले सामाजिक संजालमार्फत हार स्वीकारगरेका हुन् ।  उनले आफूलाई मतदान गर्ने मतदाता र घरदैलोमा साथ दिने सबैलाई धन्यवाद दिँदै आफू त्यही क्षेत्रका जनताको सुखदुःखमा सक्रिय रहने बताएका छन् ।  “निर्वाचनमा पराजित भए पनि यही माटोको लागि केही

उपनिर्वाचन अपडेट : निरन्तर मतान्तर बढाउँदै उपेन्द्र यादव

काठमाडौं । बारा–२ मा सत्ता गठबन्धनका साझा उम्मेदवार जसपाका अध्यक्ष उपेन्द्र यादवले फराकिलो अग्रता अग्रता लिइरहेका छन् ।  यादवले ११ हजार ४३५ मत ल्याएका छन् । जनमत पार्टीका शिवचन्द्र कुशवाहले ७ हजार ४६३ मत ल्याएका छन । नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले ४ हजार ११ मत ल्याएका छन् भने रास्वपा उम्मेदवार रमेश खरेलले १ हजार १ सय ७४ मत ल्याएका छन् ।