राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले लिए शपथ

धनगढी । सुदूरपश्चिमका नव नियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिएको विशेष समारोहकाबीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । शाहलाई बिहीबार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्री रावलले आज बिश्वासको मत लिदैँ

धनगढी। सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले आज मुख्यमन्त्री पदको विश्वासको मत लिने भएका छन । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गत २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संबैधानिक बाध्यताको बिचमा अन्तिम अवस्थामा विश्वासको मत लिन लागेको हुन । प्रदेश सभा सचिवालयका सुचना अधिकारी युवराज जैशीका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बुधबार बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । नागरिक उन्मुक्ति

सचिवको सरुवा र पदस्थापन

काठमाडौं । सरकारले विभिन्न श्रेणीका कर्मचारीको सरुवा तथा पदस्थापन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले सचिवको सरुवा र कर्मचारीको पदस्थापन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि पुष्करलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव पदमा र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेललाई प्रधानमन्त्री कार्यालयको सचिवमा सरुवा गरिएको छ । प्रधानमन्त्री कार्यालयका सचिव (कानून)

पूर्व गृहमन्त्रीको हैसियतमा कुनै पनि सुरक्षा लिदैन:रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफुले पत्रकार सम्मेलनका क्रममा दिएका अभिव्यक्तिपछि आफुलाई सुरक्षा खतरा बढ्ने भएपनि आफु नडराउने बताएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै आफुले प्रक्रियागत त्रुटी स्वीकार गरेपनि आफुले अरुको कमजोरी समेत सार्वजनिक गरेपछि आफुलाई सुरक्षा थ्रेट बढ्नेमा आफु त्यसमा जानकार रहेको बताए ।  ‘मलाई थाहा छ मैले यो कुरा गर्दा मलाई सुरक्षा खतरा बढ्ला तर मलाई त्यसमा डर छैन र म पूर्व गृहमन्त्रीको हैसियतमा

गृहमन्त्रालयमा बोलाए अहिल्यै जान्छु : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतान्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गृहमन्त्रीमा बोलाए आफू जान तयार भएको बताएका छन् । आज (सोमबार) सरकारबाट बाहिरिने जानकारी गराउँदै सभापति लामिछानेले गृहमन्त्री बोलाए आफू जान तयार रहेको जानकारी दिएका हुन् । पदको लोभलेभन्दा पनि कामको लोभले गृहमन्त्रलयमा बोलाए फेरि आफू जान तयार रहेको बताए । उनले भने– ‘अहिले यति गाली गर्दा पनि बोलाए भने म गृहमन्त्रालयमा जान्छु । जान्छु पदको लोभले होइन, कामको लोभले जान्छु

पत्रकारले एकपछि अर्को गर्दै खेदो खने : रवि लामिछाने

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले १२ भाइ पत्रकारले एकपछि अर्को गर्दै आफूलाई खेदेको बताएका छन् । आइतबार बसेको पार्टीको बैठकपछि गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानले सो कुरा बताएका हुन् । उनले शेश चालउने हो भने आफूसँग चितवन–२ मा निर्वाचन लड्न आउन चुनौति पनि दिए । उनले भने– ‘अनलाइन, कान्तिपुरमा सही आएको छ ? कन्फ्लिक्ट अफ इन्ट्रेष्ट के हो ? देश चलाउने हो भने मसँग चुनाव लड्न आउनुस् !’

रास्वपाका मन्त्रीहरुले आजै राजीनामा दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने भएका छन् । आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले पार्टीबाट मन्त्री बनेकाहरुले आइतबार नै राजीनामा बुझाउने जानकारी दिए । रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे ओली

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटबार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष ओली आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका हुन् । उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गृहमन्त्रीको विषयमा सत्तारुढ गठबन्धनमा खटपट चलिरहेको छ । अवैध नागरिकताका कारण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रीको पद गुमाएका थिए । तर नागरिकता पुनः प्राप्ति गरेपछि लामिछाने

माओवादी स्थायी समिति बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ । बिहिबार बोलाइएको स्थायी सतिति बैठक पटक पटक सरेर आज (शनिवार) अपरान्ह १ बजेका लागि बोलाईएको हो । समसमायकि राजनीतिक बिषय, राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनस् गृह मन्त्रालय दिने वा नदिने बारेको लफडासहित स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यलाई केन्द्रिय बिभाग बाँडफाँडको अजेन्डाका लागि बसिरहेको बैठक शुक्रवार बस्न नसके पछि शनिवार १ बजे बोलाईएको हो । रास्वपाले बिहिबान

बली दिन दिल्ली पुर्‍याइएकी बालिकाको उद्धार

काठमाडौं । बलि दिन भारत पुर्‍याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा भारतको दिल्लीस्थित मङ्गलबजार गल्लीबाट मङ्गलबार उद्धार गरिएको हो । उद्धारपछि बालिकालाई एक सामाजिक संस्थाको जिम्मेवारीमा राखिएको छ । ब्यूरोले यहाँ आज पत्रकार सम्मेलन गरी बालिकाको उद्धारबारे जानकारी दिएको हो । ‘बालिकालाई तान्त्रिक बाबासँग भेटाइ तान्त्रिक बाबा खुसी भएमा अथाहा पैसा पाउने भनिएको रहेछ । भारत लानुअघि बालिकाको तौल, उचाई, शरीरमा दाग,