राजनीति

नवनिर्वाचित सांसदहरुले लिए शपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ । सभामुख चयन भइनसकेकाले प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशम्शेर जबराबाट आज पद तथा गोपनीयताको शपथ लिएका हुन् । यसअघि जेष्ठ सदस्य जवराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए । ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथग्रहण गराएपछि

प्रचण्डकै नेतृत्वमा सरकार बन्नुपर्छ : जनार्दन शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं अर्थमन्त्री जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा नयाँ सरकार बन्नुपर्ने आफुनो सुझाव रहेको बताएका छन् । बिहीबार शपथ ग्रहणका संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डकै नेतृत्वमा सरकार बन्न्पर्छ भन्ने आफ्नो धारणा रहेको बताएका हुन् । ‘माधव नेपाल अस्पतालबाट डिस्चार्ज भएपछि बस्ने गठबन्धनको बैठकले को प्रधानमन्त्री वा राष्ट्रपति बन्ने निर्णय गर्छ’ माओवादी केन्द्रका सांसदसमेत रहेका शर्माले भने, ‘अध्यक्ष प्रचण्डको पहिलो

कांग्रेस संसदीय दलको मतदान सकियो, केहीबेरमा गणना हुँदै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि भएको मतदान सम्पन्न भएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहान ८ बजेबाट सुरू हुने भनिएको मतदान केहीबेर ढिला सुरू भएको थियो। झन्डै २ घन्टापछि मतदान सकिएको हो। अब केहीबेरमा मतगणना सुरू हुनेछ। कांग्रेस संसदीय दलको नेता छान्न ८९ जना सांसदले मतदान गरेका छन्। ८९ सांसदमध्ये ८८ जनाले सिंहदरबारस्थित मतदान केन्द्रमै मत खसालेका थिए। भोजपुरकी सांसद माया राईलाई मतदान गराउन भने

कांग्रेस संसदीय दलको नेता चुन्न मतदान जारी

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान भइरहेको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा केहिबेरअघिबाट सुरु भएको मतदान बिहान १० बजे सकिनेछ । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले पहिलो मतदान गरेका छन् । मतदान सकिएपछि आजै मतगणना र परिणाम घोषणा हुने कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले जनाएको छ । यस निर्वाचनका मतदाता पार्टीका प्रतिनिधिसभा सदस्य हुन् । दलको

ज्येष्ठ सांसद जबराले आज राष्ट्रपतिबाट  शपथ लिने

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य ८१ वर्षीय पशुपति शमशेर जबराले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयले जबरालाई आज दिउँसो १ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय गरेको छ । संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण गर्न ज्येष्ठ सदस्य छनोट गरेको थियो । संघीय संसद सचिवालयका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट समानुपातिक सांसद बनेका राणा ८१ वर्ष १० दिनको रहेको ठहर भएको हो

कांग्रेस संसदीय दलको नेता छान्न आज मतदान हुँदै

काठमाडौं । सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज मतदान हुने भएको छ । संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन् । बिहान ८ बजेदेखि १० बजेसम्म सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा मतदानको व्यवस्था गरिएको छ । कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले मतदान समाप्त भएपश्चात आजै मतगणना र निर्वाचन परिणामको

कांग्रेस संसदीय दलको नेता छान्न उम्मेदवारी दर्ता आज

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चुन्नका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । आज बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको कांग्रेसले जनाएको छ । साथै, दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने संयोजक भीष्मराज खाङ्देम्बेले जानकारी दिए । उम्मेदवारी दर्ता शुल्क ५१ हजार तोकेको छ । संसदीय दलको नेता चयनको लागि बुधबार बिहान ८ देखि १० बजेसम्म मतदान हुँदै छ । गत ४

वर्षमान पुन आज स्वदेश फर्कदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन आज स्वदेश फर्किनेभएका छन् । वंशाणुगत जण्डिसबाट पीडित पुनको स्वास्थ्यमा सामान्य सुधार आएपछि आज स्वदेश फर्किन लागेका हुन् । पुन चाइना साउदर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै अपराह्न १ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम छ । वंशाणुगत जण्डिसबाट पीडित पुन स्वास्थ्य समस्या बल्झिएपछि उपचारका लागि गत १६ मंसिरमा चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा गएका थिए । नेपालबाट जाँदा पुनमा निन्द्रा

एजेण्डामा सहमति भए हामी सरकारमा जान्छौं : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारमा जाने वा नजाने भन्ने विषयमा पार्टीभित्र छलफल शुरु भएको बताएका छन् । आज निर्वाचन आयोगले गरेको जलपान समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपतिले सरकार गठनको आह्वान गरेसँगै आफ्नो पार्टीभित्र पनि सरकारमा जाने वा नजाने भन्ने विषयमा छलफल शुरू भएको बताएका हुन् । उनले अहिलेसम्मको अभ्यास सरकारमा दल जाने कि नजाने रहेको बताउँदै आफ्नो पार्टीले भने एजेण्डालाई सरकारमा लाने कोशिस गरिरहेको

संसदीय दलमा सहमति जुटाउन शेखर-गगन पक्ष छलफलमा

काठमाडौं । बुधबार हुने नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनका लागि संस्थापनइतर पक्षबाट साझा उम्मेदवार तय गर्न नेता शेखर कोइराला र महामन्त्री गगन समूहको बैठक बसिरहेको छ। यो पक्षको बैठक झण्डै तीन घण्टादेखि जारी रहेको बताइएको छ । तर, नेताहरुले बैठक स्थान खुलाएका छैनन् । नेता कोइराला र महामन्त्री थापा दुवैले संसदीय दलको नेतामा दाबी गरेपछि यो समूहको बैठक बसेको हो । सोमबार बिहान मात्र महामन्त्री थापाले कोइरालासँग छुट्टै पनि कुराकानी