राजनीति

सरकारले कुनै पनि सैन्य सम्झौता गर्दैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले कुनै पनि सैन्य सम्झौता नगर्ने बताएका छन् । विहीबार बिहान पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा २१औं रितबहादुर खड्का स्मृति दिवस कार्यक्रममा बोल्दै प्रचण्डले स्टेट पाटनरसिप प्रोग्राममामा हस्ताक्षर हुन लागेको भनेर गलत प्रचार गरिएको बताए । ‘राष्ट्रवादको पाखण्डी प्रचार गर्ने कसरत विगतमा पनि हामीले देखेको हो हिजोआज पनि एसपीपी सम्झौता भइ नै सक्यो रे भनेर प्रचार गरिदैछ । त्यो विल्कुल झुटो हो,’

संसदमा एमालेको अवरोध बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । बजेट बनाउँदा बाहिरी मानिसले राजश्वको दर हेरफेर गरेको पाइएको भन्दै एमालेका सांसदहरूले त्यसबारे सत्यतथ्य छानबिन गर्न संसदीय समिति गठनको माग गरेको गर्दै बैठकमा विरोध गरेका थिए । एमाले प्रमुख सचेतक विशाल भट्टराईले संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताए । यस्तै अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने उनको भनाइ थियो । यसपछि सभामुख अग्निप्रसाद सापकोटाले असार १ गते

गठबन्धन राष्ट्रिय आवश्यकता हो : वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जन भावनालाई आत्मसात गर्दै क्रियाशील बन्न नवनिर्वाचित स्थानीय तहका पदाधिकारीलाई आग्रह गरेका छन् ।नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिद्वारा कांग्रेसका तर्फबाट नवनिर्वाचित प्रमुख तथा उपप्रमुखको सम्मानमा आज यहाँ आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले दिएको जिम्मेवारीलाई इमान्दारिताका साथ पूरा गर्न आग्रह गरे ।   गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउँदै नेता पौडेलले लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता, सुशासनका लागि गठबन्धन भएको स्पष्ट

विद्यार्थी संगठनद्वारा आयल निगम घेराउ

काठमाडौं । सत्तारुढ दलका विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै नेपाल आयल निगम घेराउ गरेका छन् । उनीहरुले मूल्यवृद्धि फिर्ताको माग गर्दै संयुक्त विद्यार्थी संगठनले निगममा घेराउ गरेका हुन् । बुधबार निगमको कार्यालय पुगेका नेविसंघ, अनेरास्ववियु क्रान्तिकारीलगायत सत्तारुढ दल आवद्ध विद्यार्थीले मूल्यवृद्धि खारेज गर्नुपुर्ने र निर्देशकको राजीनामा माग गरेका छन् । सरकारले आइतबार रातिदेखि लागू हुनेगरी सातामै दोस्रोपटक आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेको थियो । पछिल्लो पटक

देउवाको मनपरी, डडेलधुरा पार्टि पूर्वसभापति मल्ललाई कारवाही

धनगढी । नेपाली कांग्रेसले डडेलधुराका पूर्वसभापति कर्ण मल्ललालाई पार्टीबाटै निष्कासन गरेको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी मल्ललाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको जानकारी दिए । “नेपाली कांग्रेस डडेलधुराका निर्वतमान सभापति एवम् सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादु्र मल्लले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) विपरीतका गतिविधि गरेकाले निजलाई नेपाली कांग्रेसको सदस्यसमेत नरहनेगरी निर्देशानुसार पार्टीबाट हटाइएको छ,” मुख्यसचिव पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।विधान विपरीत मल्लले गरेका कामका

मनाङका चार वडामा कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित

मनाङ । हिमाली जिल्ला मनाङका केही वडामा अध्यक्ष र सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन्। ४ गाउँपालिका रहेको यहाँ नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका साथै स्वतन्त्र उमेद्वारहरु निर्वाचित भएका हुन्। मनाङको चामे गाउँपालिकाको वडा नं. १ र २ का वडा अध्यक्ष निर्विरोध निर्वाचित भएका छन्। वडा नं. १ मा नेकपा एमालेका खड्कजंग गुरुङ निर्विरोध भएका हुन्। सो वडामा एमालेबाटै महिला सदस्यमा राजकासी गुरुङ र दलित महिला सदस्यमा

गठबन्धनले बैशाख २३ गते दिउँसो काठमाडौंमा  चुनावी सभा गर्ने

काठमाडौं । सत्तारुढ गठबन्धनले बैशाख २३ गते शुक्रबार दिनको १ बजे काठमाडौंमा केन्द्रीय तहको चुनावी सभा गर्ने भएको छ । यसअघि सातै प्रदेशमा चुनावी सभा गर्ने निर्णय गरेको गठबन्धनले अघिल्लो निर्णय संशोधन गर्दै केन्द्रीय तहको एउटा मात्र सभा काठमाडौंमा गर्ने भएको हो । बुधबार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजगत्वमा बसेको स्थानीय तहको निर्वाचन लागि गठबन्धनका दलहरुको आन्तरिक तयारी तथा अनुगमन गर्ने संयन्त्रले केन्द्रीय तहमा मात्र चुनावी सभा गर्ने निर्णय

एमाले गण्डकी प्रदेश सदस्य माओवादी केन्द्रमा प्रवेश

बागलुङ । नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य तुलसीराम अर्याल र प्रदेश सदस्य ददिराम अर्याल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार बागलुङको बुर्तिबाङमा आयोजित कार्यक्रममा उनीहरुले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका हुन् । दश वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनका विरासत जोगाउन आफूहरु माओवादी केन्द्रमा नै फर्किएको उनीहरुले बताएका छन् । ०७० सालमा तुलसीराम अर्याल नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका थिए । संघीय लोकतान्त्रिक गणतन्त्र

माझी समुदायवाट गाउँ पालिका प्रमुख पदको पहिलो उम्मेदवार

मकवानपुर । मकवानपुरको बकैया गाउँ पालिकाको प्रमुख पदमा नेकपा माओवादी केन्द्रको तर्फबाट माझी समुदायकी नेतृ लक्ष्मी माझी (कृपा) उमेदवार बनेका छन् । माओवादी जनयुद्धको आधारइलाकाको रूपमा परिचित बकैया गाउँपालिकामा गठबन्धनमा काँग्रेसले सहमति गर्न नमानेपछि माओवादी केन्द्रले सबै पदमा एकल उमेदवारी दिएको हो । पालिकाको उपाध्यक्षमा भक्त खत्रीले उमेदवारी दिएका छन् । खत्री यस अघिको स्थानीय तहको निर्वाचनमा सोहि पालिकामा अध्यक्षको उमेदवार रहेका थिए । माझी समुदायको प्रतिनिधित्व गर्दै पालिका प्रमुखमा

कांग्रेसमा उम्मेदवार टुंग्याउन शीर्ष नेताहरु छलफलमा

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार टुंग्याउन नेपाली कांग्रेसका शीर्ष नेताहरु छलफलमा बसेका छन् । आइतबार पार्टी कार्यालय सानेपामा शीर्ष नेताहरु अनौपचारिक छलफलमा जुटेका हुन् । यसअघि शुक्रबार र शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको छलफलमा सहमति जुट्न नसकेपछि आइतबार साढे १० बजेपछि बसेको हो । अहिले नेताहरुबीच छलफल जारी छ । शीर्ष नेताबीच महानगरपालिका मेयर उपमेयरका उम्मेदवारबारे सहमति जुटेपछि कार्यसम्पादन समिति बैठक