राजनीति

संवैधानिक इजलासमा आज पनी सुनुवाइ हुँदै

काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाको आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । शुक्रबार पहिलो सुनुवाइ भएका मुद्दाहरूमा बहस नसकिएपछि आज सुनुवाइ हुन लागेको हो । प्रतिनिधि सभा विघटनसम्बन्धी संवैधानिक इजलासमा ३० वटा रिट दर्ता भएका छन् । इजलासले एउटा रिटमा १० मिनेटसम्म बहस गर्न सकिने गरी समय दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले गठन गरेको इजलासबारे वकिलहरुले प्रश्न समेत उठाएका छन् । आफूले बहुमत सांसदको हस्ताक्षर

कांग्रेसले सार्वजनिक गर्यो थप १६ जिल्लाका क्रियाशील सदस्यको नाम

काठमाडौं । नेपाली कांग्रेसले थप १६ जिल्लाका क्रियाशील र नवीकरण गरिएका सदस्यको विवरण वेवसाइटमार्फत् सार्वजनिक गरेको छ।यसअघि कांग्रेसले ४५ जिल्लाका ८० स्थानबाट अपलोड भएका क्रियाशील सदस्यताको विवरण वेवसाइटबाट सार्वजनिक गरेको थियो। केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका सचिव केशव रिजालका अनुसार पार्टीको वेवसाइट www.nepalicongress.org मा क्रियाशीलको विवरण सार्वजनिक भएको छ।

जसपामा दुवै पक्षले पठाए २४ घण्टे स्पष्टीकरण

काठमाडौं । जनता समाजवादी पार्टीको दुवै पक्षले एकले अर्कालाई २४ घण्टे स्पष्टीकरण पठाएका छन् । यसबाट जसपाको विवाद उत्कर्षमा पुगेको छ । दुवै पक्षले एकले अर्कालाई स्पष्टीकरण सोधेको यो दोस्रो पटक हो । यसअघि जेठ ११ गते दुवै पक्षले तीन तीन दिनको स्पष्टीकरण सोधेका थिए । पहिलो पटक सोधिएको स्पष्टीकरणमा पनि दुवै पक्षका नेताले जवाफ पठाएनन् । दोस्रो पटक सोधिएको स्पष्टीकरणमा पनि दुवै पक्षका नेताले स्पष्टीकरणको जवाफ नदिने भएका छन्

नेपाल प्रहरी र सशस्त्र प्रहरीमा १५ प्रतिशतले राशन वृद्धि

काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउँदै आएको रासन खर्च १५ प्रतिशतले वृद्धि गरेको छ । सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेटमार्फत प्रहरी र शसस्त्र प्रहरीले पाउँदै आएको रासन खर्च १५ प्रतिशतले वृद्धि गरेको हो । जसका लागि १६ खर्ब २० अर्ब बजेट बिनियोजन गरिएको अर्थमन्त्री बिष्णु पौडेलले जानकारी दिए ।

राष्ट्रपति भण्डारीद्वारा ३ वटा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसम्बन्धी ३ वटा अध्यादेश जारी गरेकी छन् । शनिबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गरेकी हुन् । प्रतिनिधिसभा विघटन भएकाले सरकारले अध्यादेशबाट बजेट ल्याउँदैछ । आज अर्थमन्त्री विष्णु पौडेलले सिंहदबारबाट चार बजे आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दैछन् ।

झापा संघर्षका मुख्य तीन नेता नै गणतन्त्रको विरुद्धमा थिए: बामदेव गौतम

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको प्रस्ताव राख्दा पार्टीका तीन नेता तत्कालीन समयमा विपक्षमा रहेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै गौतमले तत्कालीन केन्द्रीय कमिटी बैठकमा गणतन्त्र स्थापना हुनुपर्छ भन्ने प्रस्ताव राख्ने व्यक्ति आफू भएको बताएका छन् । “बिडम्वना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय

मन्त्रिपरिषद्को बैठक बस्दै, अपराह्न ४ बजे बजेट सार्वजनिक गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक बिहान ११ बजे बस्ने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए । बजेट भाषण अघि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । अर्थमन्त्री विष्णु पौडेलले आजै बजेट भाषण सार्वजनिक गर्ने तयारी गरेका छन् । अपराह्न ४ बजे बजेट सार्वजनिक गर्ने तयारी रहेको उनको सचिवालयले जानकारी दिएको छ । प्रतिनिधि सभा विघटन गरेपछि पनि सरकारले जेठ १५ गते नै

कानुन व्यवसायीद्धारा राष्ट्रपतिको निर्णय बदर गर्न माग

काठमाडौं । कानुन व्यवसायीले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय बदर गर्न अन्तरिम आदेश माग गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार सुरु भएको सुनुवाइमा बहस गर्दै कानुन व्यवसायीले राष्ट्रपतिले वैकल्पिक सरकार गठनको मौका नदिई प्रतिनिधिसभा विघटन गर्नु गलत भएको जिकिर गरे। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबार नै न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेको संवैधानिक इजलास गठन गरेका हुन्। शुक्रबार एउटा रिट

सुदुरपश्चिम प्रदेशमा मन्त्री मण्डल गठन, चार मन्त्री नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेशका चार मन्त्री नियुक्त भएका छन् भने दुई मन्त्रीले राजीनामा दिएका छन् । मन्त्री मण्डलमा एमालेबाट पूर्व सामाजिक विकासमन्त्री दीर्घ सोडारी, पूर्णा जोशी , लालबहादुर खड्का  र माओवादीबाट मानबहादुर धामी थपिएका छन्। सोडारीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जोशीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय र खड्कालाई सामाजिक विकास मन्त्रालय र धामीलाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ। नेकपा एमालेबाट सरकारमा गएका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी

कांग्रेस १४ औं महाधिवेशन अनिश्चित, नेता पौडेलद्वारा दुई विकल्प

काठमाडौं । आगामी ७ देखि १० भदौका लागि तय नेपाली कांग्रेस १४औं महाधिवेशन अनिश्चित बनेको छ । विश्वव्यापी कोरोना संक्रमणका कारण निर्धारित महाधिवेशन अनिश्चित बनेपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई विकल्प अघि सारेका छन् । उनले बिहीबार नेपाल प्रेस युनियन स्थापना दिवसका अवसरमा आयोजित ‘भर्चुअल’ कार्यक्रममार्फत विकल्प देखाएका हुन् । पार्टी केन्द्रीय कार्यालयमा अनलाइन प्रणालीमा आएका क्रियाशील सदस्यबाट छानबिन गरेर ९विवाद भएका बाहेक०मात्रै महाधिवेश गर्न सकिने वा १३औं महाधिवेशनमा