पदिय दुरुपयोग गर्दै पत्रकारलाई ‘दलाल’ भनेपछी प्रजिअ र एसपी विवादमा
नेपालगंज : बाँकेको मिसन टुडे राष्ट्रिय दैनिकमा कार्यरत बरिष्ठ संवाददाता शुभाकर विश्वकर्मा माथि बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले दलाल भन्ने शव्द प्रयोग गरेकोप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा जनाएको छ । विज्ञप्ती जारी गर्दै महासंघले एक जना व्यक्तिले नागरिकता नपाएको विषयमा समाचार संकलन हेतु प्रमुख जिल्ला अधिकारीलाई वैशाख ५ गते शुक्रबार दिउँसो फोन सम्पर्क गर्दा पत्रकार विश्वकर्मा माथि प्रजिअ जोशीले घोर आपत्तिजनक शब्द प्रयोग गर्नु