विशेष समाचार

तलब भत्ता हिनामिना गरेको अभियोगमा पूर्वडिएसपीलाई तीन वर्ष कैद

काठमाण्डौं । तलब भत्ता हिनामिना गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय हुम्लाका तत्कालीन प्रमुख डिएसपी त्रिलोक बहादुर चन्द तथा तथा सइ माधव चन्द ठकुरीलाई ३–३ वर्ष कैद सजाय भएको छ । विशेष अदालतले आइतबार उनीहरुलाई सजाय सुनाउँदै जनही १५ लाख ४५ हजार रुपैयाँभन्दा जरिवाना र जनही ३२ हजार एक सय ५० रुपैयाँ असूलउपर गर्ने फैसला सुनाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३ फागुन २०७६ मा डिएसपी चन्दसमेत सइ ठकुरी र थप

तिन जिल्ला चितवन, तनहुँ र बारामा मतदान जारी

काठमाडौं । प्रतिनिधिसभातर्फ रिक्त रहेको तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजे सम्म हुनेछ । बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान सुरु भएको हो ।

बारा- २ मा मतदान सुरु

चितवन । बारा क्षेत्र नं २ मा आज बिहान ७ बजेबाट उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । क्षेत्रका सबै मतदानस्थलमा पूर्वतयारी भएकाले मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बारा–२ वाट बिजयी रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भए पछि सो रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो । बारा–२ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहा मुख्य प्रतिस्पर्धीका

तनहुँ- १ मा मतदान सुरु

तनहुँ । तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत आज बिहानदेखि मतदान सुरु भएको छ । सो क्षेत्र अन्तर्गतका एक सय ५२ मतदान केन्द्र छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार मतदान गर्न मतदाता सबेरैदेखि लामबद्ध छन् । शान्तिपूर्णरूपमा मतदान सुरु भएको उनले जानकारी दिए । मतदान साँझ ५ बजेसम्म रहनेछ । निर्वाचनका लागि सुरक्षा प्रबन्ध सदृढ बनाइएकाले ढुक्कसँग मतदानमा सहभागी हुन प्रमुख ढकालले

चितवनमा मतदान सुरु

चितवन । चितवन क्षेत्र नं २ मा आज बिहान ७ बजेबाट उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यका अनुसार अहिले बिहान ७ वजेबाट मतदान सुरु भएको छ । प्रक्रियाको क्रममा कतिपयमा दुई–चार मिनेट ढिला भए पनि निर्धारित समयमा मतदानका लागि कहीँकतै समस्या नभएको उनले बताए । यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान हुँदै छ । यहाँ एक लाख २४ हजार छ

आज तीन जिल्ल्मा उपनिर्वाचन

काठमाडौं । आज प्रतिनिधिसभातर्फ रिक्त रहेको तीन क्षेत्रमा आज उपनिर्वाचन हुँदै छ । चितवन–२, तनहुँ–१ र बारा–२ मा आज उपनिर्वाचन हुन लागेको हो । गत मंसिर ४ गते सम्पन्न संसदीय निर्वाचनमा चितवनबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता मुद्दामा अदालतले फैसला गरेपछि उनको पद गएको थियो । यस्तै, तनहुँबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएसँगै उक्त क्षेत्र र बाराबाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति बनेपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन

तुइनबाट खसेर बेपत्ता भण्डारीको शव भेटियो

दार्चुला । दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका सिङ्दलसिंह भण्डारीको शव भेटिएको छ । शनिबार दिउँसो बेपत्ता भएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदीपारि भारततर्फ फेला परेको हो । महाकाली पारी भारततर्फ रहेकी आमा जसोदा भण्डारीलाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै थिए । उनकी आमा सामान लिएर भारतीय सडक प्रयोग गर्दै घर फर्किदै थिइन् । उनी सामान किनमेल गरी दार्चुला सदरमुकाम खलङगाबाट भारतीय भू–भाग धारचुला हुँदै घर फर्किदै

गण्डकी प्रदेश सरकार ढल्यो, मुख्यमन्त्री अधिकारी पदमुक्त

काठमाडौं । गण्डकी प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेसँगै उनी नेतृत्वको सरकार ढलेको हो । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक बाध्यताका कारण अधिकारीले शनिबार प्रदेशसभाबाट विश्वासको मत लिएका थिए । अधिकारी गत पुस २५ गते एमालेसहित, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, केन्द्रमा एमालेसहितको गठबन्धन परिवर्तन भएपछि गण्डकीमा समेत गठबन्धन परिवर्तन भएको

आज मुस्लिम समुदायले ‘इदुलफित्र’ मनाउँदै

काठमाडौं । आज इस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ मनाइँदैछ ।यस पर्वको अवसरमा मुस्लिम समुदायका धर्मालम्बीहरु एक महिना रोजा (ब्रत) बसेर मनाउँदै आएका छन् । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान पृथ्वीमा आएको विश्वास गरिन्छ । चन्द्रमा हेरेर एक महिनाको रोजा अर्थात व्रत बसिन्छ । गत मार्च २५ मा चन्द्रमा देखिए पछि सोही शुक्रबारवाट व्रत बस्न सुरू भएको थियो भने हिजो साउदी अरब, मक्का मदिनामा चन्द्रमा देखिए पछि ‘इदुल

रमेश र सोनाको ‘सजनी मोर’  सार्वजनिक

नेपालगंज:निर्देशक नवराज सुवेदीको थारू भाषाको ‘सजनी मोर’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मोफसललाई कर्मथलो बनाएर पछिल्लो समय उत्कृष्ट निर्देशनमार्फत चर्चामा रहेका सुवेदीको ‘सजनी मोर’ बोलको गीत शुक्रबार एक कार्यक्रमका विच सार्वजनिक गरिएको हो ।  बाँके र बर्दियाका बिभिन्न पर्यटकिय स्थानमा छायांकन गरिएको  ‘सजनी मोर’  बोलको थारु गीतलाई सेविल इन्टरटेन्मेन्ट युटुव च्यानलबाट रिलिज गरिएको हो । संगित चौधरी र अनु चौधरीको स्वर, कुमार चौधरीको शब्द /संगीत, जुना क्षेत्रीको कोरियोग्राफर रहेको भिडियोमा सोना बज्राचार्य र रमेश खनालको उत्कृष्ट अभिनय रहेको छ ।चौधरी समुदायमा हुर्केका युवायुवती बीचको माया प्रेमसंगै चौधरी समुदायको भेषभुषा, रहनसहनलगायतका कुरालाई भिडियोमा समेटिएको छ।  भिडियोलाई उत्कृष्ट बनाउन सक्दो मिहिनेत गरेका निर्देशक सुवेदीले मोफसलमा बसेर सिमित स्रोत साधनहरुको बाबजुद पनी उत्कृष्टभिडियो बनाउन सफल भएको बताउदै यो  भिडियोले आफुलाई थप उचाइमा पुग्न सहयोग गर्नेमा ढुक्क  रहेका बताए । निर्देशक सुवेदीको निर्देशनमा हालसम्म एक दर्जन थारू भाषाको म्यूजिक भिडियो सार्जवनिक भएका छन् ।