विशेष समाचार

परराष्ट्रमन्त्री साउदले लिए शपथ

काठमाण्डौं । नवनियुक्त परराष्ट्र मन्त्री एनपी साउदले शपथ लिएका छन्।आइतबार अपराह्न शितलनिवासमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन्। शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, उपराष्ट्रपति रामसहायप्रसाद यादव, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनालगायत उपस्थित थिए।  शपथग्रहण कार्यक्रमपछि उनले पदभार सम्हालेछन्। साउद कांग्रेसका केन्द्रीय सदस्य हुन्। कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री, प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री, नेताहरू रमेश रिजाल उद्योगमन्त्री र सीता गुरूङ सहरी विकास मन्त्री बनेका थिए। सत्ता गठबन्धनको भागबन्डामा

परराष्ट्रमन्त्रीमा साउद, दिउँसो ३ बजे शपथ

काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउद आज परराष्ट्रमन्त्री नियुक्त हुँदै छन् । उनलाई आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमा नियुक्त गर्न लागेका हुन् ।नयाँ मन्त्रीको शपथग्रहण आजै दिउसो ३ बजे गराउने तयारी रहेको स्रोतले जनाएको छ । मन्त्रिपरिषद् विस्तारका लागि शनिबार बिहान बसेको सत्तारुढ तीन दलको बैठकले ठोस निर्णय नहुँदा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई ध्यानमा राख्दै साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी भएको सभापति देउवाको सचिवालयले जनाएको छ । वैशाखको

जग्गा विवादमा गोली चल्दा एकको मृत्यु, तीन जना घाइते

रोतहट । रौतहटको गढीमाईमा जग्गा विवादलाई लिएर दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । धनगढीमाई नगरपालिका–८ धोबिनियामा जग्गा विवादलाई लिएर शनिबार दुई समूहबीच विवाद भएको थियो । सोक्रममा गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । झडपमा अन्य तीन जना घाइते भएका छन् । गोली हानाहान हुँदा धनगढीमाई नगरपालिका ८ का रामकुमार रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीका अनुसार

सेती खोंचमा खसेर १२ वर्षीया बालिकाको मृत्यु

कास्की । पोखराको सेती खोंचमा खसेर एक बालिकाको मृत्यु भएको छ । शनिबार पोखरा–१५ स्थित सीताराम पुलनेरको चिरा परेको जमिनमा १२ वर्षीया स्मृति पराजुली खसेकी थिइन् । उनको उद्धार गरेपनि अस्पतालले अस्पतालले मृत घोषित गरेको प्रहरीले जनाएको छ । पोखरा ८ नागढुंगा बस्ने पराजुली साथीहरुसँग घुम्नका लागि सो ठाउँ पुगेको बताइएको छ । शनिबार दिउँसो ३ बजेतिर उनी सेती खोंचमा खसेको कास्की प्रहरीले जनाएको छ । ती बालिका खसेसँगै जनपद

महाराष्ट्रमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

काठमाडौं । भारतको महाराष्ट्रमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महाराष्ट्रको रायगढको खोपोली क्षेत्रमा बस खाल्डोमा खस्दा १० जनाको मृत्यु भएको र २५ जनालाई जीवितै उद्धार गरिएको खोपोली प्रहरी चौकीले जनाएको छ । पुणेबाट करिब ४० जना यात्रु बोकेर मुम्बईतर्फ आउँदै गरेको बस शनिबार बिहान दुर्घटनामा परेको हो । घाइतेहरुको खोपोली ग्रामीण अस्पतालमा उपचार भइरहेको छ । उपचारका लागि निजी अस्पतालका चिकित्सकलाई पनि सहयोगका लागि बोलाइएको

बालुवाटारमा गोली चल्यो, वर्षमान पुनकी आमा घाइते

काठमाडौं । पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमामाथि गोली प्रहार भएको छ । गए राति बालुवाटार स्थित निवासमा प्रहरी सहायक हवलदार प्रकाश पुन मगरले गोली प्रहार गरेका हुन् । गोली लागेर नेता पुनकी आमा ७० वर्षीय तीर्थमाली पुन घाइते भएको प्रहरीले जनाएको छ । उनको खुट्टामा गोली लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरी सहायक हवलदार प्रकाश पुन वर्षमानका नातेदार पनि हुन् । प्रधान

विटु केसीको गजल

गजल निको पार्ने औषधि मागेको छ आजकलअचम्मको रोगले दागेको छ आजकल जति समाउन खोज्छु उति फुस्किरहन्छआफैबाटै केही चिज भागेको छ आजकल जब आफ्नैका अनुहारहरू बदलिँदै गएऐना हेर्न असाध्य डर लागेको छ आजकल सकेसम्म खोजे तिनको मनभित्र कतिअपनत्व त भित्तामा टाँगेको छ आजकल यो जीवन मिथ्या, जगत सारा भ्रम लाग्छअवचेतन मन कतै जागेको छ आजकल(विटु के.सी.-अमेरिका)

भ्रमण आदेश

लघुकथा “आउने बुधबार भान्जाको व्रतबन्ध छ । बिदा मिलाउनुपर्ला है,” घरबाट निस्कने बेला उमाले भनिन् । “भन्नु त पर्ला, तर के हुन्छ कुन्नि !,” ऊ घरबाट निस्कियो । “एउटा भान्जाको व्रतबन्धमा डालो समाउने मामा नहुँदा बैनीले पीर मान्नुहुन्छ, विचार गर्नुहोला,” उमाले सम्झाइन् । हाकिमलाई लिएर अफिस जाने क्रममा गाडीमा भन्नुपर्ला भनेको हाकिमसाहेब फोनमा व्यस्त भए । अफिस गएपछि उसलाई हाकिमले भने, “ल, पर्सि मंगलबारबाट तीन दिनको भ्रमणकाज भर है ।”

थप १३६ संगै सक्रिय संक्रमितको संख्या ४०१ पुग्यो

काठमाडौं । शुक्रबार थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९७ पीसीआर र १२२७ एन्टिजेन परीक्षणमा ३४ र १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६८ जना संक्रमणमुक्त भएका छन् । यसअघि बिहीबार १०६ जनामा संक्रमण पुष्टि भएको थियो । नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको संख्या केही सातायता बढ्दो छ । हाल सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ । १

'नेपालगन्ज जेसिज सप्ताह २०२३' : बागेश्वरी मन्दिर सरसफाइ

नेपालगन्ज : ‘नेपालगन्ज जेसिज सप्ताह २०२३’ सुरुभएको छ। नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै शुक्रबारबाट जेसिज सप्ताह सुरु गरिएको हो। शुभकामना आदानप्रदान पश्चात् जेसिज टिमले नेपालगन्ज स्थित बागेश्वरी मन्दिर परिसर सरसफाइ गरिएको छ। जेसिज सप्ताह तालिका अन्तर्गत पहिलो दिन बागेश्वरी सरसफाइ गरिएको कार्यक्रम संयोजक जेसि उत्सव सिजालीले बताए। नेपालगन्ज जेसिज वर्ष २०२३ का अध्यक्ष जेसि राजन केसीको अध्यक्षतामा सुरु भएको जेसिज सप्ताहको पहिलो दिन बागेश्वरी मन्दिरका गुरु महाराज प्रमुख अतिथिको रुपमा