विशेष समाचार

वर्षको अन्तिम चलचित्र ‘बहाव’ आजबाट हलहरुमा

काठमाण्डौं : चलचित्र ‘गोपी’ मार्फत राष्ट्रिय चलचित्र पुरस्कार जित्न सफल निर्माता श्रीधर पौडेलद्धारा निर्मित चलचित्र ‘बहाव’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । यस वर्षको अन्तिम चलचित्रको रुपमा सोलो रिलिज पाएको ‘बहाव’ लाई मल्टीप्लेक्सहरुले पर्याप्त शो भने दिएका छैनन । प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको चलचित्रले बुधबार भएको प्रिमियरमा दर्शकको राम्रो प्रतिक्रिया प्राप्त गरेको थियो । प्रेम, विद्रोह र बदलासंगै स्वतन्त्र हिसाबले बाँच्न चाहने एक महिला पात्रको कथाबस्तुमा आधारित चलचित्रमा

फिफा वरियतामा नेपाल एक स्थान माथी उक्लियो

काठमाडौं : नेपालको पुरुष फुटबल टोली फिफा वरीयतामा एक स्थान माथि उक्लिएको छ ।विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार निकालेको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गर्दै १७४औं स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७५औं स्थानमा थियो । । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले बिहीबार जारी गरेको नयाँ वरियतामा नेपाल १ सय ७४ औं स्थानमा रहेको छ । यसअघिको वरियतामा नेपाल १ सय ७५ औं स्थानमा रहेको थियो ।

सरकारले पूर्णता पाएको ६ महिनाभित्र नागरिकता ऐन ल्याउने प्रतिवद्धता

काठमाडौं । सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । बिहिवार बिहान बसेको गठबन्धनको बैठकले अनुमोदन गरेको साझा कार्यक्रमलाई दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । साझा कार्यक्रममा सरकारले पूर्णता पाएको ६ महिनाभित्र नागरिकता ऐन ल्याउने प्रतिवद्धता जनाएको छ । त्यस्तै नागरिकता ऐनमा लैंगिक विभेद पनि अन्त्य गर्ने विषय पनि न्यूनतम साझा कार्यक्रममा राखिएको छ । सत्ता गठबन्धनले ६ महिनाभित्र प्रहरी समायोजन गर्ने, संघीयताको

विद्युत् महसुल घटाउने सरकारको प्रतिवद्धता

काठमाडौं । सरकारले विद्युतको आन्तरिक खपत बढाउनका लागि निःशुल्क बिजुली उपलब्ध गराउने विषयलाई पुनः महत्वका साथ आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको छ । आन्तरिक उत्पादन वृद्धि हुँदै गएकाले गरिब तथा विपन्न वर्गलाई २० युनिटसम्म निःशुल्क बिजुली दिन सकिने सरकारको ठहर छ । हाल २० युनिट बिजुली प्रयोग गर्ने उपभोक्ताले रु ३० मात्रै तिरे हुने व्यवस्था छ । यही व्यवस्थालाई टेकेर सरकारले २० युनिटभन्दा कम बिजुली प्रयोग गर्ने गरिब र

नेपालगन्जमा मनाइयो 'हनुमान जन्मोत्सव'

नेपालगन्ज : हरेक वर्ष झै यस् वर्ष पनि हनुमान जन्मोत्सव धुमधामका साथ मनाइएको छ। प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने हनुमान जयन्तीका अवसरमा घरघर एवं हनुमान मन्दिरमा रामभक्त हनुमानको पूजा आराधना एवं पाठ पारायण गरी हनुमान जन्मोत्सव पर्व मनाइन्छ। यसैबीच, नेपालगन्जमा पनि बिहीबार हनुमान जन्मोत्सव निकै धुमधामका साथ मनाइएको छ। नेपालगन्ज स्थित हनुमान गौसाला आश्रममा हमुनान जन्मोत्सव मनाइएको हो। जन्मोत्सवको अवसरमा बिहीबार नेपालगन्जमा शोभा यात्रा समेत निकालिएको थियो। नेपालगन्जका

सत्ता गठबनधनको बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्ता गठबनधन दलको बैठक बालुवाटारमा बैठक सुरु भएको छ । बैठक केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो । नयाँ गठबन्धन बनेसँगै मन्त्रिपरिषद् विस्तार भएपछि न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आज (बिहिबार) साझ ५ बजे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ । यसअघि सत्ता साझेदार दलका नेताहरु सम्मिलित कार्यदललाई न्युनतम साझा

नेपालमाथि भियतनामको सानदार जित

काठमाडौं । पेरिस ओलम्पिक २०२४ को महिला फुटबलतर्फ पहिलो चरण छनोट अन्तर्गत भियतनामले पहिलो खेलमा नेपाललाई ५-१ ले हराएको छ । पहिलो हाफमै ३-० को अग्रता लिएको भियतनामले दोस्रो हाफमा २ गोल थप्यो । दोस्रो हाफमा सावित्रा भण्डारीले गरेको गोल सान्तवना सावित भयो । भियतनामले नेपालको कमजोर डिफेन्स र खराब गोलरक्षणको भरपुर फाइदा उठाउँदै फराकिलो जित हासिल गरेको हो । ४ गोलले पछि परेको नेपालका लागि ८०औं मिनेटमा सरु लिम्बूको

एक महिनापछि कोशी नामबाट पछि हट्यो माओवादी

काठमाडौं । प्रदेश-१ को नामकरणको क्रममा कोशी प्रदेशको पक्षमा मतदान गरेको नेकपा माओवादी केन्द्र एक महिनापछि कोशी नामबाट पछि हटेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय पदाधिकारीको बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता कृष्णबहादुर महाराले माओवादी पहिचानकै पक्षमा रहेको बताए । प्रवक्ता महराले भने, ‘कोशी नामको विरुद्ध पहिचानको पक्षधरले गरिरहेको आन्दोलनप्रति हाम्रो समर्थन छ । पहिचानको विषयमा हामी पछि हटेका छैनौं । हाम्रो पार्टी निष्पक्ष पहिचानकै पक्षमा छ ।

मेरो घरमा व्यापार गर्ने ५ जनालाई १० प्रतिशत  घरभाडा छुट दिन्छु : कृष्णप्रसाद श्रेष्ठ

नेपालगन्ज : पछिल्लो समय आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प हुँदै गईरहेका छन्। अधिकांश व्यापार व्यवसाय बन्द भइसकेका छन्। धेरै व्यापारीहरु त झन् व्यवसाय बन्द गरेर विदेश पलायन समेत भइसकेका छन् । अधिकांश व्यापारीहरु विदेशिने क्रममा छन् । यही कुरालाई मध्यनजर गर्दै नेपाल उद्योग तथा व्यापार महासंघ बाँकेले बुधबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो। पत्रकार सम्मेलनमा बोल्दै नेपाल उद्योग तथा व्यापार महासंघ बाँकेका अध्यक्ष एवम् व्यापारी समेत रहेका कृष्णप्रसाद

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । मंगलबार म्यानहटन अदालतमा सुनुवाइपछि उनलाई प्रहरी हिरासतमा राखिएको हो । उनीविरुद्ध ३४ वटा मुद्दा लागेका छन् । आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुन् । यद्यपी उनले भने आफूविरुद्ध लगाइएको आरोप अस्वीकार गरेका छन् ।